भाइरल गायिका समिक्षा अधिकारीको आवाजमा “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक

काठमाण्डौं ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका समिक्षा अधिकारी र गायक तेजु अर्यालको आवाजमा रहेको “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक भएको छ ।

नारीहरुको पिर र वेदनालाई निकै रोचक ढंगबाट गीतमा समेटिएको छ । आफनी मायालुलाई तिजमा “ढलकी ढलकी नाच्नलाई” गायकले आग्रह गरेका छन । तेजु अर्यालको शब्द तथा संगीत गीतमा रहेको छ ।

दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छ । “ढलकी ढलकी नाच्नलाई”विमल अधिकारी , बेवो आचार्य , जुनु सिन्धुली , सरोज सापकोटाको अभिनय तथा नृत्य रहेको छ ।

“ढलकी ढलकी नाच्नलाई” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।