बाटैमा भाईरस–२ ले दर्शकको मन जित्दै (भिडियो)

गत बर्षको तीजमा चर्चामा रहेको गीत बाटैमा भाईरसको अर्को सिक्वेल ‘बाटैमा भाईरस–२’ सार्वजनिक भएको छ । डिजिटल स्टारको अफिसियल युट्यूबबाट गीत सार्वजनिक गरिएको हो । गत बर्ष जस्तै यो गीतले पनि दर्शकको मन जित्ने गीतका एरेन्जर तथा भिडियोका निर्देशक तारानाथ आचार्य दाबि गर्छन् । गीत र भिडियो समय सान्दर्भिक छन् । तीजमा माईत जान नपाएकी चेलीको कथाबस्तुमा गीत बनेको आचार्यले बताए । गीतमा रिना केसीको साथै कुमार पुन, प्रिन्स लम्साल र जुना श्रीषको आवाज रहेको छ भने गीतलाई शिब अखेलीले लेखेका हुन् । गीतमा संगीत गाबिन्द पौडेलले भरेका छन् । शिब भुर्तेलको छायंकनलाई समिर रामदामले सम्पादन तथा रंगसंयोजन गरेका हुन् । हेनुहोस् बाटैमा भाईरसको दोस्रो भाग ।\