श्रीमान श्रीमतीले एउटा गाउनै लुटेर भागे, ऋण दिने महिलाहरुलाई श्रीमानले दिए डिभोर्स, फोटो देखाउदै रोए (भिडियो सहित)

मोरंग । मोरंगको लेटाङ्गमा श्रीमान श्रीमतीले पुरा गाउको पैसा लिएर फरार भएको आरोप लागेको छ । करिब ३५ लाख भन्दा बढी पैसा ठगेको गाउलेहरुले आरोप लगाएका हुन् । बिभिन्न बचतमा पसेको र धेरै ऋण निकालेपछि उनीहरु बिगत ४ बर्ष देखि फरार भएको गाउलेहरुले बताएका हुन् । २ जना श्रीमान श्रीमती त्यस्तो फटाइ गर्ने जस्तो देखिंदैन थिए र हामीले विश्वास गरेर ऋण दिएका हौ , गाउलेहरुको भनाइ छ ।

अहिले उनीहरुको ३५ लाख ऋण तिर्न आफुहरुले घर बेचेर तिर्न बाध्य भएका छौ भन्दै उनीहरु धुरुधुर रोएका छन । ग्यान माया राइ र प्रितम बिक नाम गरेका २ जना श्रीमान श्रीमतीले आफुहरुलाई उठिबास लगाएको भन्दै उनीहरु आक्रोशित भएका छन । आफ्नो परिवारमा यो ऋण लागेको कुरा थाहा पाएपछि उनीहरुको कारण श्रीमान र श्रीमतीको डिभोर्स सम्म भएको बताएका छन। तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।