एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ्ग

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अस्ट्रेलियाको अध्यक्षमा सिड्नी निवासी नन्द गुरुङ्ग भारी मतान्तरका साथ विजयी भएका छन । शनिवार भएको अनलाइन निर्वाचनमा नन्द गुरुङले ८ हजार ५ सय ८६ मत ल्याउँदै प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मीलाई पराजित गरे जस्ले ४ हजार ८ सय ७९ मत पाए ।

त्यस्तै महासचिव पदमा क्यानबेराका राजुबाबु अधिकारी ७ हजार ८ सय १५ मत सहित बिजयी भए भने उनका प्रतिद्वन्दी अच्युत शर्मा थपलियाले ४ हजार ५ सय ७३ मत्र प्राप्त गरे । सचिव पदमा सन्ध्या शाह ८ हजार १ सय २२ मत सहित विजयी भइन भने उनका प्रतिद्धन्दी तीर्थराज कार्कीले ४ हजार ४ सय ३३ मत प्राप्त गरे ।

सह कोषाध्यक्षमा राजकुमार नगरकोटी ७ हजार ६ सय ८३ मत र उन्का उनका प्रतिद्वन्दी कर्णकुमार यादवले ४ हजार ३ सय ५२ मत, एनसीसी युवा संयोजकमा भिक्टोरीयाका बवीन मिश्रले ७ हजार ८ सय ६६ मत र उनका प्रतिद्धन्दी सिड्नीका महेश प्रसाई (म्याक्स) ले ४ हजार ४ सय ७५ मत प्राप्त गरे ।

आइसिसी सदस्यहरुमा बुद्धि डल्लाकोटी, पर्शुराम अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य, परेशशराज घिमिरे, नविन भण्डारी विजयी भएका छन् भने एनआरएएनए अस्ट्रेलियाको भगिनी संस्था नारी निकुञ्ज सँयोजकमा एडिलेडकी मञ्जु खड्का ७ हजार ८ सय ६४ मत प्राप्त गर्दै निर्वाचित भएकीमा उनकी प्रतिस्पर्धी सिड्नीबाट मोनी लिम्बुले ४ हजार आठ सय ७७ मत प्राप्त गरे ।

न्यू साउथवेल्सको राज्य सँयोजकमा देववहादुर गुरूङ २ हजार ९१८, क्यानबेरा संयोजकमा अशोक बस्नेत ७५४, क्विन्सल्याण्ड संयोजकमा विनोदभक्त आचार्य ९३९, दक्षिण अस्ट्रेलिया संयोजकमा रेनुका लामा ९३३, तास्मानिया संयोजकमा राकेश शाक्य ६२१ र नर्दन टेरिटोरी संयोजकमा विष्णु चापागाई ६१४ मतसहित विजयी भएका छन् । भिक्टोरिया र वेष्टर्न अस्ट्रेलिया राज्य संयोजकमा क्रमश: हरि खड्का र दीपक बस्नेत निर्विरोध निर्वाचित भइसकेका थिए ।

कुल १५ हजार २ सय ९८ मतदातामध्ये ९२.९ प्रतिशत यानेकि १४ हजार २ सय ३३ मत खसेको थियो ।

चुनाव परिणामपस्चात सबैको नाममा जारी गरेको बिज्ञप्तिमा अध्यक्ष नन्द गुरुङ्गले उपबिजेता डा ज्ञानेन्द्र रेग्मीलाई एनआरएनए अभियानमा सहभागी भएर गरेको योगदानको लागि बधाई ज्ञापन गरेका छन । डा रेग्मी यस अघि एनआरएनए अस्ट्रेलियाका महासचिब थिए ।

मेलबर्नमा चुनाबी घोषणाका लागि भएको जमघटमा सामाजिक सन्जाल मार्फत प्रभाबकारी ढंगले चुनाव प्रचार प्रसारमा लागेका जिलोङ निवासी ज्ञानेन्द्र उप्रेतीको सबैले प्रसंशा गरेका थिए । सामाजिक सन्जाल मार्फत प्रचार प्रसारमा मेलबर्न निवासी प्रकाश काजी थापाले समेत महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियान विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासका विस्व सल्लाहकार रामकुमार श्रेष्ठले एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदमा निर्बाचित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै जुन किसिमले भारी मतका साथ बिजयी भएकोछ यस्ले आफ्नो कार्यकालमा पहिला पहिलाभन्दा सबैको मन जित्ने किसिमले काम गर्नुपर्ने चुनौति पनि छ र त्यो चुनौतिलाई पनि सहजताका साथ पार गर्न सफल हुँदै कार्यकाल उल्लेखनिय उपलब्धीका साथ सम्पन्न होस भन्ने हार्दिक शुभेच्छा प्रकट गरेका छन ।