“काभ्रे फेस्ट -सिजन २”आयोजना हुदै !!!

!!! मोडलिङ क्षेत्रमा अभिरुचि राख्ने युवा युवतीहरुका लागि सुनौलो अवसर !!!!

बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन २” को अडिसन यहि आउदो श्रावन २३ गते शनिबार को दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि आयोजना हुने भनि जानकारी गराइएको छ ।

वर्तमान को असजिलो परिस्थितिमा आफू भित्रको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि “काभ्रे फेस्ट -सिजन २” मा एउटा सुनौलो अवसर रहनेछ ।

हामीले पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका छौ । जहाँ हामी तपाईहरु लाइ मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहनेछ ।

काभ्रे फेस्ट -सिजन २, युवा -युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटी को प्रतिस्पर्धा हो ।

यस कार्यक्रममा सहभागि हुन फारम सुल्क रु.१००० राखिएको छ। हामीले गरिने कुनैपनि प्रतियोगितामा सहभागिले न त परिचयात्मक चरणमा बोल्नुपर्छ न प्रश्न /उत्तर चरणकै सामना गर्नुपर्ने हुन्छ ।

हामीले समग्र मुल्यांकन सहभागिको मोडल व्यक्तित्व तथा मोडलिङ मा अभिरुचि ,फोटोसुट र स्टेज प्रस्तुतिकरणमा हुनेछ ।

उक्त प्रतियोगिताको निर्णायकका रुपमा समाजसेबी एबम चर्चित गायक हरि कर्माचार्य , प्रसिद्ध सौन्दर्य कलाकर्मी रुसका बैद्य र क्यस्तोलो कस्मिरि पश्मिना का संचालक ,युवा ब्यबसायी प्रकाश बोलखे रही वर्तमानको स्थितिमा सुधार भए पश्चात उक्त प्रतियोगिताको अन्तिम चरण बनेपा मा गरिने भनि जानकारी आयोजक नितिन कायस्तले जानकारी दिनु भयो।