हेर्ने कथा’बाट भाईरल सेन्मीखा वैवाहिक बन्धनमा बाधिए, बेहुली सहित मिडियामा (भिडियो)

साझा जिवन उच्च विचारका कारण भाईरल भएकासेन्मीखा रार्ईे वैवाहिक जिवनमा बाधिएका छन् । चर्चित सञ्चारकर्मी विद्या चापागाईंद्धारा सञ्चालन हुने लोकप्रिय स्थलगत दृष्य कार्यक्रम ‘हेर्ने कथा’बाट चिनएका सेन्मीखा राई वैवाहिक बन्धनमा बाँधीएका हुन् । उनी रेनु राईसँग बैवाहिक जिवनमा बाधिएका हुन् । बैवाहिक जिवनमा बाधिएका राई नव दम्पत्तिसँग हामीहरुले उनीहरुको प्रेम रोमान्स र आमागि योजना बारे सोधेका छौ उनीहरुले खुलेर बोलेका छन् ।
भोजपुर चखेवा भन्ज्याङका सेन्मीखाको बारेमा केही महिनाअघि हेर्ने कथाको टोली पुगेर भिडियो छायाङ्कन गरेसँगै उनी चर्चामा आएका थिए ।

सामाजिक सञ्जालभर ततिएका उनी कैयौँ ठूलो युट्युब च्यानलहरुमा समेत ट्रेन्डिङमा बस्न सफल भएका थिए । ‘समुन्द्रको गहिराई थाहा पाउन के गर्नुपर्छ तपाईंलाई थाहा छ? आफै डुबेर हेर्नु पऱ्यो नि , खोटाङ्ग र भोजपुरको सिमानामा पर्ने चखेवा भञ्जाङ्गका सेन्मिखाले ‘हेर्ने कथा’की निर्माता निर्देशक पत्रकार विद्या चापागाईंसँग भनेको यो कुराले अहिले सामाजिक सञ्जाल भरिएको छ । सेन्मिखाको कथा हेर्ने जो(कोहीले उनलाई एकपल्ट मात्र हेरेर चित्त बुझाएका छैनन्, पटक(पटक हेरेका छन् ।