श्रीमतीले बिष खुवाएर मलाइ मार्न खोजेको हो भन्दै श्रीमानले थर्काए, ज्यान गए पनि श्रीमती नस्विकार्ने(भिडियो सहित)

मोरंग । मोरंगको सुन्दरहरैचा नगरपालिका बस्ने एक युवतीले आफ्नो श्रीमान अन्य युवती संग लागेको र आफुलाई कुटपिट गरेको भन्दै मिडियामा आएकी हुन् । उनि बिगत २ बर्ष देखि आफ्नो माइतमा बस्दै आएको र उनि संग २ जना छोराहरु पनि रहेको बताईन । उनले श्रीमान बाट मलाई धेरै टचर हुनुका साथै मेरो सानो नानि आफ्नो हैन भन्दै श्रीमानले अस्विकार गरेको समेत बताएकी छिन ।

बिबाह भएको १३ बर्ष हुँदा आफ्नो श्रीमान अन्य केटि संग आफुले श्रीमती संग सम्बन्ध बिच्छेद गरेको भन्दै भएको सम्पति पनि बेचेर खाएको आरोप लगाएकी हुन् । उनले श्रीमान लगायत घरका कसैले पनि मलाई सहयोग नगरी हेला गरेको बताईन । अहिले २ जना नानीहरुको बिजोक भएको र उनीहरुलाई पढाउन आफुले नसकेको पनि गुनासो गरेकी हुन् । श्रीमानले अन्य युवतीहरुलाई आफ्नो सम्बन्ध बिच्छेद भएको भन्दै बिबाहको प्रस्ताब गरेको आरोप लगाएकी हुन् । अहिले उनीहरु २ जनालाइ संगै राखेर गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।