एनआरएनए यूके अध्यक्षकी प्रत्यासी रोजिनाप्रधान राई चुनावी अभियानका क्रममा स्कटल्याण्ड पुगेर लन्डन फर्किएकी छन् ।

लन्डन । एनआरएनए यूके अध्यक्षकी प्रत्यासी रोजिनाप्रधान राई चुनावी अभियानका क्रममा स्कटल्याण्ड पुगेर लन्डन फर्किएकी छन् ।

तीन दिने चुनावी यात्रामा क्रममा उनी स्कटल्याण्डको प्रमुख शहरहरु एडिनबरा, ग्लास्गो र एबरडिन पुगी त्यहांका मतदातासंग प्रत्यक्ष भेटघाट र सहयोग अपिल गरेकी हुन् ।

ग्लास्गो नेपाली समाज, एडिनबरा नेपाली समाजका कार्यक्रम र एबरडिनमा उनलाई विशेष स्वागत गर्दै स्थानीय एनआरएनए अभियन्ताले जीतको अग्रीम शुभकामना दिए ।

रोजिनाको साथमा स्कटल्याण्डबाट केन्द्रमा प्रतिनिधित्व गर्न उपाध्यक्ष उम्मेदवार छविलाल अर्याल, एनआरएनए यूके स्कटल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष उम्मेदवार दिवाकर पाण्डे, एनआरएनए यूके महासचिव पदका प्रत्यासी डा. मुकुन्द बास्तोला, उपाध्यक्ष उम्मेद्वार पवन शर्मा, महिला उपाध्यक्ष उम्मेद्वार सरस्वती केसी, सल्लाहकार तिलक भट्टराई लगायत अभियन्ताहरु सहभागी दिए ।


ति कार्यक्रममा पाएको सद्भाव र समर्थनले रोजिना आफूमा झन् आत्मबल बढेको बताउंछिन् । ‘मतदाताहरुसंग प्रत्यक्ष भेटेर कुराकानी हुंदा उहांहरु धेरै खुशी देखिनुहुन्थ्यो’, लन्डन फर्किएर रोजिनाले भनिन्, ‘मेरा प्रतिवद्धता र उहांहरुका अपेक्षा मेल खाने भएकाले पूर्ण समर्थनको वचन पाएको छु । म उहांहरुको विश्वास, भरोसा डगमगाउन दिन्न ।’

डा. बास्तोलाले कार्यक्रमपछि आफूहरु विजयउन्मुख अनुभूति गरेको बताए ।

३१ जुलाइमा हुन गइरहेको एनआरएनए यूके निर्वाचनमा अध्यक्षका तीन प्रत्यासीमध्ये रोजिनाले समुदायमा बेग्लै प्रभाव छाडेकी छन् । उनले गोर्खा कप समापनपछि आज सांझ बेलायतका पत्रकारहरुसंग भेटघाट तय गरेको जनाइएको छ ।