एनआरएनए यूकेको निर्वाचनमा यस्तो बन्यो गाहा मगर नेतृत्वको टिम

लण्डन । गैरआवासीय नेपाली संघ, यूकेको आगामी कार्यकाल २०२१–२०२३ का लागि प्रेम गाहा मगरको अजेण्डामा सहमत अभियन्ताहरुले सबै पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
एनआरएनएको निर्वाचनमा कुनै आस्थाका नाममा प्यानल बनाउन नपाउने भएकाले अजेण्डामा सहमति जनाउनेहरुले एक साथ उम्मेदवारी दर्ता गराएका हुन् ।
कार्ययोजनामा देखिएको सहमति अनुसार उम्मेदवारी दर्ता गराइएको उम्मेदवारहरुले बताए । निर्वाचित भएपछि कार्ययोजना कार्यान्वयनमा सहज हुने उनीहरुको विश्वास छ ।

गाहा मगरले सात वटा प्रतिबद्धतासहित अध्यक्षमा उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा सुनीलबाबु खड्का, मोहन कार्की, नारायण कँडेल, रामचन्द्र पोखरेल र गोविन्द खरेलले उम्मेदवारी दिएका छन् । त्यस्तै महिला उपाध्यक्ष शकुन्तला गुरुङको उम्मेदवारी परेको छ भने महासचिवमा खुसी लिम्बुले उम्मेदवारी दिएका छन् ।
दुई सचिव पदमा विष्णु चालिसे र ज्ञानेन्द्र आले, महिला सचिवमा नम्रता घले, कोषाध्यक्षमा विष्णु खरेल तथा सह कोषाध्यक्षमा शशांक शर्माको उम्मेदवारी परेको छ ।

महिला संयोजकमा बिमला लिम्बु र युवा संयोजकमा अनिल मल्लको उम्मेदवारी परेको छ । त्यसैगरी एनसीसी सदस्यहरुमा इन्दिरा (सपना) खनिया, विशाल राई, सुमन शर्मा, सुरेश परियार, हिरा (दीपक) सापकोटा, भिमलाल खनाल,चम्पा थापामगर, पदमबहादुर शाही, भानुभक्त घिमिरे, दिपक ढकाल, उपेन्द्र पौडेल, बालकृष्ण दाहाल र चेतबहादुर राना मगरले उम्मेदवारी दर्ता गराएका छन् ।

इङल्याण्डमा गुरुङ
एनसीसी यूकेसँगै हुने निर्वाचन अन्तर्गत इङ्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्षमा लालबहादुर (एलबीजेड) गुरुङले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, भक्त दर्जीले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउँदा रामप्रसाद पन्थीले सचिव पदमा उम्मेदवारी दिएका छन् । सचिन भट्टराईले कोषाध्यक्ष र सरोज थापाले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । राज्य समन्वय परिषदको सदस्यमा सुरेन्द्र इङ्नाम र सुमन प्रसाद पन्तको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि सोमबार साँझ आठ बजे सम्मको समय तोकिएको थियो ।
नयाँ कार्य समिति चयनका लागि यही ३१ जुलाईमा मतदान हुंदैछ । मतदान अनलाइन प्रक्रियाबाट हुने छ । निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र सपथ ग्रहण भने १ अगष्टमा हुने जनाइएको छ ।