नयाँ तीज गीत युटुव देखि टिकटकसम्म भाईरल खुमन अधिकारी र रमिला न्यौपाने ज्यु को यति धेरै चर्चा ? (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका नजिकिदै गर्दा थुप्रै नया तिज गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ। बिस्वनै त्रसित भएको यो विसम परिस्थितिको वावजुत पनि नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम तीजका गितहरु सार्बजनिक गर्दै आयका छन्।

यसै बिच गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको ‘नाइँ भन्न पाईंदैन’ बोलको तीज गीत सार्वजनिक भएको छ । शनिबार खुमन अधिकारी युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । यो गीत यतिबेला सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको छ ।

गीतमा आशा बिसी, प्रेमा राना, रुपी सिन्जाली, गोबिन्द पराजुली र सागर बाजुरालीले कोरस गाएका छन् । गीतको शब्द नेत्र अर्यालले लेखेका हुन् भने अधिकारीले नै संगीत भरेका छन् । बिनोद बाजुरालीले संगीत संयोजन र खड्ग बाजुरालीले मिक्सिङ गरेका हुन् । गीतलाई राजेन्द्र बाजुराली, गोविन्द बाजुराली र दिपक संगम बिसीले रेकर्डिङ गरेका छन् ।

मालाश्री स्टुडियोमा रकेर्ड भएको गीतको भिडियोमा खुमन अधिकारी, रमिला न्यौपाने, बबिन ठकुरी, अर्जुन गौतम, धु्रव हिमाली, रिना थापा मगर, दिपासा बिसी, रुबिना अधिकारी लगायतको अभिनय रहेको छ । स्मृती तिमिल्सिना (गुरुआमा)ले भिडियोलाई निर्देशन गरेकी हुन् । दर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

भिडियो हेरौँ :