संचारकर्मी चापागाईको स्वरमा मौलिक तीज गीत ‘पर्यो चोटैचोट’ (भिडियो सहित)

अर्चना चापागाई पोखराको रेडियो बाराहीमा कार्यरत छिन् । संचारकर्मसंगै उनले यो बर्ष आफ्नो स्वरमा तीज गीत पर्यो चोटैचोट बजारमा ल्याएकी छन् । संगीतिक क्षेत्रमा उनको यो पहिलो गीत हो तर यस गीतमा उनलाई धेरै संगीतिक क्षेत्रका व्यक्तिहरुले साथ दिएका छन् । रामजी पौडेल, सजना बाँस्तोला, कुमार गौतम, बलराम अधिकारी र अर्चना चापागाईको स्वरमा रहेको गीतले बजारमा चर्चा बटुल्दै छ । नयन शर्माको लय शब्दको गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन् । गणेश सापकोटाको छायंकन र होम गुरुङको निर्देशनमा बनेको गीतलाई फलानो क्रिशयनको स्टुडियोमा सुबास अम्गाईले सम्पादन गरेका थिए । गीतमा भीमा क्षेत्री, मुन्द्रमान श्रेष्ठ, कुमार गौतम, नबिन दाहाल र तिर्सना बुढाथोकीको अभिनय हेर्न सकिन्छ । नेपाली हिन्दु नारीहरुको महान् पर्व तीज नजिकिदै गर्दा तीजका गीतसंगीतहरु पनि बजारमा आउने क्रम जारी छ । कोरोना माहामारीको बिचमा पनि सर्जकहरुले गीत बजारमा ल्याएका छन् । पछिल्लो समय मौलिक गीतहरुको हराउँदै जाँदा तीजका बास्तबिक भाका तथा लयहरु कमै मात्रामा सुनिन्छन् । पोखरामा रहेर संगीतिक क्षेत्रमा योगदान दिदै आएका कलाकारहरुले तीजको मौलिक भाकालाई समेटेर समय सान्दर्भिक गीत ‘पर्यो चोटैचोट’ बजारमा ल्याएका हुन् । हेर्नुहोस् मौलिक तीज गीत ।