मेधाबी आर्यनले पाए महेन्द्रको संरक्षकत्व , उच्च शिक्षासम्म साथदिने प्रतिबद्धता:

युवराज रेग्मी
श्राबण ४, गौरादह /
झापाको कमल गाउँपालिका १ सरङ्पाडा स्थित नरेन्द्र जनता मा. बि. मा कक्षा ४ मा अध्ययनरत आर्यन मर्डी एक मेधाबी छात्र हुन । बिपन्न परिवारमा जन्मिएका आर्यनको पढाइ प्रतिको लगनसिलताले उनी कक्षामा प्रथम स्थान हासील गर्न सफल भएका छ्न ।

जिबिको पार्जनका लागि उनका बाबू जुगल मर्डी राज मिस्त्रीको काम गर्ने गर्छन । ५ जनाको परिवार सदस्य रहेको जुगलको परिवारमा आर्यन सहित उनका २ बहिनिहरु छ्न ।

पढाइमा लगनशील भएपनि बिपन्नताका कारण यस्ता कयौ बालबालिकाहरु शिक्षाको तहगत सिढि पारगर्नबाट बन्चित हुनेगरेका छ्न । यस्तै समस्यामा पर्नबाट जोगाउन मेधाबी आर्यनलाई हाल अध्ययनतर कक्षा ४ देखि ब्याचलर सम्मको अध्ययनमा आवस्यक पर्ने सम्पुर्ण खर्च ब्यहोरिदिने प्रतिबद्धताका साथ कमल गाउँपालिका वडा न १ निवासी सामाजिक परोपकारी उर्जाबान तथा समाज परिवर्तनका सम्बाहक महेन्द्र भट्टराईले हिजो श्रावण ३ गते उनी अध्ययनरत नरेन्द्र जनता माध्यमिक बिध्यालयमा स्वयम् उपस्थित भै उनलाई कक्षा ४ मा अप्ग्रेडका लागि आवस्यक सुल्क तिरी भर्ना गराएका छ्न ।साथै उनलाइ आवस्यक पर्ने सैछिकसामग्री खरिद गरि आर्यनलाई हस्तान्तरण गराएका छ्न ।

बिपन्न परिवारको अभिभावक रहेका जुगल मर्डीले हसिलो मुहार बनाउदै आर्यन लाई उपलब्ध भएका सैछिक सामग्री हातमा लिदै आफ्नो लगनशील छोरा आर्यनको संरक्षकत्व ग्रहण गरिदिने महेन्द्र प्रति आभार प्रकटगरे ।

आफ्नो छोराको भबिस्यप्रती सदासयता प्रदान गरिदिएकोमा खुशी ब्यक्तगर्दै आफ्नो छोराको पढाइमा थप रेखदेख गर्नुपर्ने जिम्मेवारी बोध भएको जुगल बताउछ्न ।हाल सो बिध्यालयमा कक्षा १२ सम्म अध्यापन हुने गर्द्छ ।