कोरोना जितेकी बृद्धा भन्छिन ‘मलाई त डरै लागेन,डरायो भने काहाँ बाचिन्छ र ? (भिडियो)

उर्लाबारी । कोरोना भाइरस संक्रमणको खतरा वृद्ध र बिरामीलाई हुने मानिँदैं आएको छ । विश्वमा यसका कारण मृत्यु हुनेमा पाका उमेरका मानिस पनि धेरै छन् । तर मोरङको उर्लाबारीमा ७५ वर्षकी वृद्धाले कोरोना भाइरसलाई पराजित गर्न सफल भएकी छन् ।

सोमबार मध्यान्ह नुनादेवी थापा ७५ हर्षित मुद्रामा देखिईन् ।

कोरोना संक्रमणको कारण दुर्गापुरीस्थित आइसोलेसनमा उपचाररत थापाले कोरोना संक्रमणलाई जितेपछि खुशी भएकी हुन् । उर्लाबारी—८ मा बस्दै आएकी उनी संक्रमणपछि निरास हुँदै अस्पताल पुगेकी थिइन, तर फर्कदा कोरोनालाई हराएर मुस्कुराउँदै घर फर्किएकी छन् ।

उनलाई कोरोनाले कैले छोड्छ भन्ने चिन्ता थियो । गत असार १४ गते कोरोना पोजेटिभ आएपछि उनी उर्लाबारी—९ स्थित राजघाट उपस्वास्थ्य चौकीको कोभिड हस्पिटलमा आइसोलेट भएकी थिईन् ।

‘कोरोना संक्रमण भएपछि एकदिन त सास फेर्न पनि निक्कै गाह्रो बनाएको थियो, उनले भनिन्, अरु त दिन त आराम गरेर बसियो । स्वास्थ्यकर्मीहरुको राम्रो हेरचाह पाए ।

कोरोना संक्रमण हुँदा कतिपनि डर नलागेको उनले बताईन् । ‘मलाई त डरै लागेन, थापाले भनिन्, डरायो भने काहाँ बाचिन्छ र ?

कोरोना भन्दा ठुलो रोग त्रास भएको उनले उल्लेख गरिन् ।