NRNA अस्ट्रेलियाकॊ हुन गहिरहेको निर्बाचन मा कलाकार शशांक को उम्मेद्वारी

केहि सिनेमा, केहि म्यूजिक भिडियोमा समेत अभिनय गरेका कलाकार शशांक बस्याल हाल अष्ट्रेलियामा बस्दै आएका छन् । अष्ट्रेलियामा फिल्म मेकिङको अध्ययन गर्दै आएका बस्याल पढाइ संग संगै बिभिन्न सास्कृतिक कार्यक्रम तथा अष्ट्रेलियामा हुने धेरै कार्यक्रम मा सहभागीता जनाउदै आएका छन् ।


यस पटक शशांक ले यहि जुलाइ ३१ मा हुन गइरहेको एनआरएनए को निर्बाचनमा आफूलाइ SCC Member (NSW) सदस्य पदको लागि उम्मेदवारको रुपमा उभ्याएका छन् । युवापुस्ताको प्रतिनिधित्व गर्दै शशांक पद को लागी चुनावी मैदानमा प्रवेश गरेका हुन । नेपाल र नेपाली अनि नेपाली बिधार्थिको हक हितको लागी आफू सदैव सकारात्मक रुपमा अगाडि बढ्ने उनले बताएका छन् । बस्यालले नेपाललाइ एक पर्यटन गन्तव्यको रुपमा चिनाउन बिदेशि समुदायमा सहकार्य गर्ने , युवा बर्ग लक्षित गरि बिभिन्न कार्यक्रम सन्चान गर्न , नेपाली कला सस्कृतिलाइ विश्व समुदायमा चिनाउन तथा इन्टरनेश्नल स्टुडेन्टको लागी वर्कसप तथा जव ट्रेनिङको व्यवस्था गर्न आफ्नो समय खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कला क्षेत्रको प्रतिनिधित्व गर्दै चुनावमा होमिएका कलाकार शशांक बस्याल आफूलाइ अष्ट्रेलिया बासि नेपालीले साथ दिनुहुने मा विश्वस्त छन् र आफूलाइ मत दिन सम्पूर्ण अष्ट्रेलिया बासि नेपालीलाइ आग्रह समेत गरेका छन् ।
शशांकले सकुन्तला , चि मुसि चि सिनेमामा कलाकारको रुपमा काम गरेका थिए भने आधा दर्जन म्यूजिक भिडियो तथा अष्ट्रेलियन बिज्ञापनमा अभिनय गरिसकेका छन् ।