चर्चित गायिका शान्ती श्री परियार र सर्जक इश्वरी अर्यालको तिज गित रातारात भाईरल (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका नजिकिदै गर्दा थुप्रै नया तिज गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ। बिस्वनै त्रासित भएको यो विसम परिस्थितिको वावजुत पनि नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम तीजका गितहरु सार्बजनिक गर्दै आयका छन्।

यसै बिच हिन्दु नारीहरुको महान पर्व हरि तालिका तीजको अवसरमा जापानमा बस्दै आउनु भएकी चर्चित सर्जक इश्वरी अर्यालको तिज गीत ‘हेर राजै’ बजारमा आएको छ।

सबैले आस गरेको तीज गीतले फेरी बजार तताउने पक्का छ।नारीहरुको कथा समेटीएर बजारमा आएको उक्त गीतमा चर्चित गायिका शान्ति श्री परियारको आवाज रहेको छ। इश्वरी अर्यालको शब्द रहेको गीतमा बसन्त सापकोटाको लय रहेको छ।

चर्चित सर्जक नबराज पन्तको युटुब च्यानल मार्फत आएको उक्त गीतमा चर्चित मोडल काजिश श्रेष्ठ र टिकटक स्टार बिना रावतको दमदार अभिनय रहेको छ।तीज नजिकिदै गर्दा उक्त गीतले एक रौनकता थपिएको छ।

काजिश श्रेष्ठको निर्देशन रहेको गीतमा अजय रेग्मीको छायांकन रहेको छ भने दिपक बिष्टको सम्पादन रहेको छ।गीतले नारीको पहिरानलाइ पनि जोड दिएको छ भने जहाँ नारीले किन तीज मनाउछन भन्ने कथा पनि बिशेष रुपमा राखिएको छ। भिडियो निकै उत्कृष्ट बनेको छ।

हेरौ भिडियो :