पल शाह र रियाशा दाहालको भयो धुमधाम बिहे, यसरी लजाइन् (हेर्नुस् म्युजिक भिडियो )

भिडियो यो समाचारको अन्त्यमा राखिएको छ पूरा भिडियो हेर्नुस् ।

चर्चित हाँस्य शृखला मेरी बास्सैबाट चर्चा कमाएकी कलाकार पल्पसा डंगोल जीवन र मरणको दोसाँधमा पुगेकी छन् । करिब ५ वर्षबाट दुवै किड्नी फेल भएर बाँचिरहेकी उनको अवस्था अहिले दयनीय बन्दै गएको बारे चर्चित कलाकार दीपाश्री निरौलाले शनिबार टिचिगं अस्पताल पुगेर उनलाई भेटेपछि यो खबर बाहिर आएको हो ।

चम्सुरीले अस्पतालबाटै किड्नी तथा उपचारको लागि रकमको सहयोग समेत याचना गरिरहेकी छन् । कलाकारितासँगै दुई छोरीहरुको उज्वल भविष्याका लागि अनेकौँ संघर्ष गरेकी चम्सुरीले दीपाश्रीलाई देखेपछि भक्कानिएर रोएको भिडियो सार्वजनिक भएपछि कलाकारहरुले सहयोग अभियान चलाएका छन् ।

५ वर्षदेखि उपचार खर्च टार्दै आएपनि २ महिना देखि आफूलाई अत्यन्तै संकट परेको उनले दीपाश्रीसँग भक्कानिँदै भनेकी छिन् । उनले भनेकी छिन् ‘मलाई उपचारको लागि साह्रै गाह्रो भएको छ। मेरो छोरीहरुको भविष्यको लागि संघर्ष गर्दा गर्दै मेरो किड्नी फेल भएको पत्तै पाइन। ५ वर्षदेखि उपचार गर्दै आएँ।

तर २ महिनादेखि मलाई अन्यन्तै गाह्रो भएको छ,’ उनले अस्पतालबाटै भनेकी छन्, ‘मलाई बचाउने कोही भएन संशारमा मलाई कसैले किड्नी दिएपनि बाँचने थिएँ। अकालमा मेरो ज्यान जाँदैन थियो होला । मेरो भन्दा मलाई छोरीहरुको बढी चिन्ता छ । म उनीहरुको लागि भएपनि बाँच्न चाहन्छु।’ चम्सुरीलाई सहयोग गर्न ९८०३१३३६६९ चहानेले सम्पर्क गर्न सकिनेछ ।