भाइरल कमला घिमिरे धुरु धुर रोइन हजुर बाबाको अगाडी (भिडियो)

नेपाली नारीहरुको महानचाड हरितारिका तीज नजिकिदै गर्दा तीजगीतहरु सार्वजनिक भइरहेका छन् । यसैबिच सर्जक डि.आर. सुजनले यसबर्षको तीजपर्वलाई लक्षित गर्दै बाउ आमा बोलको गीत सार्वजनिक गर्नुभएको छ । गीतमा ७ जना गायक तथा गायिकाको स्वर राखिएको छ । बिशेषगरी गीतले घर भित्रको आमा बुबासँगको सम्बन्धलाई देखाएको छ ।

गीतमा लय तथा शब्द डि.आर सुजनको रहेको छ भने राजु परियार, पुर्णकला बिसी, अमृत सापकोटा, सुनिता बुढा क्षेत्रीसँगै बालकलाकारहरु कमला घिमिरे, सचिन परियार र रबिना बसेलको स्वर रहेको छ । यस्तै गीतको भिडियोमा पनि १० जना कलाकारहरुको अभिनय देख्न सकिन्छ । सुरबिर पण्डित, रमा थपलिया, बेगम नेपाली, रियाशा दाहाल, दिवाकर भण्डारी, लेखान्त भुसाल, नविना सिलवाल, डि.आर सुजन, बसन्त वली र सुस्मिता पोखरेलको अभिनय रहेको छ । रेशम धर्नामीले खिचेको भिडियो बिकाश ज्ञवालीले सम्पादन गर्नुभएको हो भने निर्देशक डि.आर. सुजनकै रहेको छ ।