बिष्णु खत्रीले गाएको तीज गीत १२ घण्टा बित्न नपाउदै भाइरल (भिडियो)

काठमाण्डौ – दुई दशक लामो सफल सांगीतिक यात्रा पुरा गरेका लोकप्रिय गायक तथा कुसल सर्जक बिष्णु खत्री नेपाली सांगितीक क्षेत्रमा निकै चर्चित नाम हो ।

गीत संगीत अफ्टेरो अवस्थामा हुँदा देखि अहिलेको जटिल अवस्थामा आइरहदा सम्म पनि निरन्तर आफ्ना सांगीतिक कोसेली मार्फत आफ्नो दमदार उपस्थिति दिइरहेका छन् ।

नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसरमा खत्रीले नयाँ गीत मुग्लिन भर्खर मात्र सार्वजनिक भएको छ । खत्रीको आजै जन्म दिन हो । जन्म दिनको अवसरमा आफ्नो नयाँ गीत सार्वजनिक गरिएको गायक खत्रीले हामीलाई बताउनु भयो ।

पछिल्लो समय देशमा बाढी पहिरोका कारण भोग्नु परेको समस्या गीतको माध्यम मार्फत उठाइएको छ । गीतको सम्पूर्ण पक्ष निकै दमदार र उत्कृष्ट रहेको छ ।

गीतमा खत्रीको नै लय तथा शब्द सिर्जना रहेको छ भने उनलाई आवाजमा रिना केसीले साथ दिएकी छन् । सो गीतको म्युजिक भिडियोमा ओबि रायमाझी र सारिका केसीको अभिनय रहेको छ भने होम गुरुङको निर्देशन रहेको छ ।