प्रहरीको असईले अदालत भित्रै यस्तो के गरे ? अब कसरी बाच्नु हामी भन्दै श्रीमती र नानीहरु धुरु धुरु रोए (भिडियो सहित)

इलाम । उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको ह त्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो ।सोमबार कार्यालय परिसरकै बलेँसीमा मृ त फेला पर्नुभएकी विमलाको ह त्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा गार्डका रूपमा कार्यरत प्रहरी युवराज बानियाँले गरेको खुलेको छ ।मुख्य न्यायाधीश हाल बिदामा रहेकाले कोठाको साँचो सुरक्षा गार्ड बानियाँसँग नै रहेकाले सो स्थानमा घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार धनकुटा घाेर्लीखर्क–५ घर भई इलाममा कार्यरत अभियुक्त बानियाँ र मृतक कर्मचारीबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ । उहाँहरूबीच पैसाको बार्गेनिङ भएको बानियाँको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरी असईको श्रीमती संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।