अमेरिकामा इन्धन चौकीमा काम गर्ने एक नेपालीद्वारा अर्को नेपालीको गोलीहानी हत्या , ह,त्या गर्नेले आफै प्रहरीलाई खबर

विजय थापा । अमेरिकामा ज्यादै दुखद घटना घटेको छ । अमेरिका आइ आफ्नो परिवारको उज्ज्वल भबिष्य बनाउन आएका एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका छन् । अमेरिकामा बसोबास गर्ने ३ लाख भन्दा ज्यादा नेपालीहरु आश्चर्य चकित परेका छन् । ज्यादै दुखित भएका छन । यस्ता घटना अमेरिकामा नेपाली समुदायमा दुर्लभ हुने गर्छ । र ,यस्ता घटना कहिले देख्न र सुन्न नपरोस ।

अमेरिकाको न्यूजर्सीको एक इन्धन चौकी (ग्यास स्टेसन) तथा सुलभ पसलमा काम गर्ने नेपाली मूलका २३ बर्षिय मिलन घिमिरेले ५६ बर्षिय फू छेवाङ्गलाई गोली हानी हत्या गरेका छन् । तर उनले गोली हाने पछि प्रहरीलाई स्वयमले खबर गरेका थिए ।

घिमिरे र छेवाङ्ग संगै काम गर्ने सहकर्मी हुन् भने आफ्नै सहकर्मीलाई गोली न्यूजजर्सीको मावा भन्ने शहरमा हानेका हुन् । प्रहरीका अनुसार घिमिरेले कैयौ पटक हानेको प्रहरीले जनाएका छन् ।

प्रहरीहरुलाई राती ९:४४ मिनेटमा खबर गरे पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।

न्यूजर्सीको मावा नगर पालिकामा उक्त घटना गत सोमबार राती घटेको बर्गन काउन्टीका वादी मार्क मुसेलाले जनाएका छन् । प्रहरीले घटनास्थलमै छेवाङ्गको शव फेला पारेका थिए । तगोली हान्ने घिमिरेलाई न्यूयोर्कको ब्रनक्समा न्यूयोर्क प्रहरी बिभागको आकस्मिक सेवा ईकाईले पक्राउ गरेको थियो ।

घिमिरेलाई हत्या गरेको आरोपमा प्रथम श्रेणीको हत्या,गैर कानुनी रुपमा बन्दुक प्रयोग गरेको आरोपमा दोश्रो श्रेणी ,अनुमति बिना बन्दुक राखेकोमा दोश्रो दर्जाको आरोप लगाईएको उजुरीमा लेखिएको छ ।

घिमिरेले ९११ प्रहरीमा खबर गरि मैले कसैलाई गोली हाने मलाई थाहा छैन उ मर्यो कि भनि खबर गरेका थिए भनी स्थानिय पत्रिका नर्थजर्सी डटकमले समाचारमा उल्लेख गरेको छ ।

उक्त पत्रिकाका अनुसार छेवाङ्गको घर नजिक उनको लाश पाईएको थियो । र मावा प्रहरी बिभाग र बर्गन काउन्टीका वादीका कार्यालयले गोली काण्डको अनुसन्धान गरि रहेको जनाएको छ ।
https://pix11.com/news/local-news/new-jersey/nj-man-arrested-in-bronx-in-connection-with-fatal-shooting-of-gas-station-co-worker-officials/

https://www.northjersey.com/story/news/bergen/mahwah/2021/07/13/mahwah-nj-shooting-man-phu-tsewang-dead-co-worker-arrested/7950739002/