सिर्जना र भानु विमर्श कार्यक्रम

बाँके
आदिकवि भानुभक्त आचार्यको २०८ औ जन्म जयन्तिको अवसरमा जुम मार्फत सिर्जना र भानु विमर्श कार्यकम नेपाल भित्र र देश बाहिरका साहित्यकारहरु बाट बिभिन्न रचना वाचन गर्नु का साथै भानुभक्तको बारेमा धारणा पस्तुत गरिएको थियो | उक्त कार्यक्रमको आयोजना बिश्व नेपालि साहित्य महासघं नेपाल शाखाले गरेको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल शाखाकि अध्यक्ष कल्पना पौडेल “जिज्ञासुले ‘गर्नु भएको थियो | कार्यक्रमका प्रमुख अतिथि वरिष्ट भाषाविद प्रा . ड़ा .टंकप्रसाद न्यौपाने , विशिष्ट अतिथि विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु , माहासचिव सुनिता राई , अतिथि ऋषिराम सापकोटा र चरित्रा शाहले आदिकवि भानुभक्त आचार्यको बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो |

विनेसाम नेपाल शाखाका बरिष्ट उपाध्यक्ष केबी पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो उक्त कार्यक्रममा भानुभक्तको सम्झनामा लेख प्रासाद प्याकुरेल , इन्दिरा गौतम , नाज सिंह , बोधराज प्याकुरेल , सिता बिस्ट कार्की ,केशु पोख्रेल खनाल , कृष्ण प्रसाद कार्की , मुना सिग्देल ,बिमला शर्मा ढुंगाना , सुमित्रा आचार्य लगायतले रचना वाचन गर्नु भएको थियो | कार्यक्रमको संचालन विनेसाम नेपाल शाखाकि माहासचिव अम्बिका याम्फु अनमोलले गर्नु भएको थियो |