सर्बोच्च अदालतको स्वागतयोग्य निर्णयप्रती ओलिको गृह जिल्ला झापामा काङ्ग्रेस द्वारा दिपप्रज्वलन

युवराज रेग्मी , असार २९ झापा /

संसद बिघटन विरुद्ध परेको रिटको सुनुवाइ गर्दै सर्बोच्च अदालतले परमादेश नै जारी गरिदिए पश्चात् नेपालमा बदललिएको राजनितीक परिघटना पश्चात् स्वेच्छाचारी तरिकाले एकलौटी ढंगले कानुनको बर्खिलाप गर्दै एक पछि अर्को निरंकुश कदम चाल्न उद्द्त निबर्तमान हुनपुगेको ओलि सरकारको बहिर्गमन हुँदैगर्दा उनकै गृह जिल्ला समेत रहेको झापा जिल्लामा नेपाली काङ्रेसले दिप प्रज्ज्वल गर्दै सर्बोच्च अदालतको निर्णयको स्वागत गरेको छ ।

झापा जिल्लाको दमक नगरपालिका कमल गाउँपालिका र गौरादह नगरपालिकाका विभिन्न मुख्य चोक हरुमा दिप प्रज्ज्वलन गर्दै ओलिबादको अन्त्यभएको भन्दै नाराबाजी सहित सर्बोच्च अदालतको निर्णयको स्वागत गरेका छ्न ।
नेपाली जनताले लामो संघर्स र बलिदानि बाट प्राप्त गरेको संविधानको रक्षाका निम्ति सर्बोच्च द्वारा रचनात्मक र उचित निर्णय लिइएको भन्दै युवा बिध्यार्थीहरुले नाराबाजि गरेका थिए ।

झापाको गौरादहमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै ने. बि. संघका युवानेता रबिन ढुंगानाले नेपाली जनताले कम्युनिस्ट लाई नचाहेको अभिव्यक्ति दिएका थिए ।

कम्युनिस्ट सरकारले पाएको बहुमतको दुरुपयोग गर्दै निरंकुश कदम चालेकोले नेपाली जनता कम्युनिस्ट प्रती वाक्क भएको बताए । कार्यक्रम लाई सम्बोधन गर्दै अर्का बक्ता गोपाल कोइरालाले ओली सरकार नेपाली जनताले कम्युनिस्ट हरुलाइ दिएको दुइ तिहाइको घोर अपमान गर्दै अघिबढेको बताए ।

कार्यक्रमलाई सम्बोधनकै क्रममा ने.का. गौरादह नगर सभापति यादब राज सेडाइले प्रधानमन्त्री ओलि र रास्ट्रपतिको मिलेमतोमा मध्यरातमा संविधानको घोर अपमान गर्दै संसद बिघटनगरि चिरहरण गरेको स्मरण गराउदै सर्बोच्चको कदमले संविधानमा आत्मा भरिएको र संविधानलाई ट्र्याकमा ल्याउने काम भएकोले सर्बोच्चको कदम को स्वागत गरिएको बताए ।