तीज गीत चाउली गाला चट्टै भर्खर मात्र सार्वजनिक भएको छ ।

जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो निरन्तर उपस्थिति जनाइरहने लोकप्रिय गायक तथा सर्जक सुर्य खड्काको यो बर्षको लागि पहिलो तीज गीत चाउली गाला चट्टै भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै रमाइलो विषयमा बनाइएको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । अर्जुन सुवेदीको उत्कृष्ट शब्दमा सुर्य आँफैले लय सिर्जना गरेका छन भने आवाजमा सुर्यलाई शिवा केसीले साथ दिएकी छन ।

शंकर विसीको निर्देशन रहेको सो गीतमा महेन्द्र गौतम र रिना थापा मगरलेका नृत्य गरेका छन । गीतलाई दुर्गा पौडेलले खिचेका हुन भने गीतमा प्रकाश धमलाको सम्पादन रहेको छ र गीतलाई सुर्य खड्काको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।