गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाकी एक मृगौला पीडित युवतीको उपचारका लागि आर्थिक अपिल !

स्कटनेपाल संवाददाता

धुर्कोट, गुल्मी (स्कटनेपाल) । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाकी एक मृगौला पीडित युवतीको उपचारका लागि आर्थिक समस्या परेको छ ।

धुर्कोट गाउँपालिकाका सुरेश गन्दर्वकी मृगौला पीडित २३ वर्षिया श्रीमती सर्मिला गन्दर्वको उपचारका लागि आर्थिक समस्या परेको हो ।

सर्मिलाको गत वर्ष २०७६ पौष २१ गते मृगौला फेल भएको र २०७७ भदौ २० गतेदेखि बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भैइरहेको छ । तर पैसा नहुँदा उपचार नगरि घर फर्काउने अवस्थामा परिवार रहेको छ । उनको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा निरन्तर हप्ताको ३ पटक डाइलाइसिस गराउनु पर्ने वाध्यता रहेको छ ।

आर्थिक अबस्था कमजोर भएकोले सहयोग गरिदिन परिवारले देश विदेशमा स्कटनेपाल मार्फत सबैलाई अनुरोध गरेको छ । कसैले सहयोग गर्न चाहेमा तलको संपर्क र बैंक खातामा पैसा जम्मा गर्न सकिनेछ ।

बैंक खाता नं: 587689345524001(NIC ASIA बैंक)
संपर्क नं:- 9867715690