पाखाभरि कपासको बिरुवा लगाइएको थियो कपासको ति बिरुवा फुलेर फक्रदै गरेको अबस्थामा थिए

कपास
पाखाभरि कपासको बिरुवा लगाइएको थियो कपासको ति बिरुवा फुलेर फक्रदै गरेको अबस्थामा थिए तिनि मध्ये एउटा सानो भर्खरै फक्रदै गरेको कपास असाध्यै सुन्दर थियो | आफ्नो सुन्दरतामा मख्ख थियो अत्यन्तै खुशी र गौरव महसुस गर्थ्यो रातको सितको थोपा बिहानीको उषा संगै तिनै कपास माथि बर्सिंदा कपासमा नया रौनकता छाउथ्यो कपास अझै सुन्दर देखिन्थ्यो |

प्रकृतिको नियम पनि कति सारै निष्ठुरी रहेछ कुन्नि कुनै कुनै वनस्पतिको आयु निकै छोटो हुन्छ भर्खर मात्र फूल बडो संघर्ष गरि बोक्रा लाइ छिचोल्दै कपासको रुपमा जन्म लिएको थियो त्यो सुन्दर कपास फक्रेको केहि दिनमा किसानले टपक्क टिपेर मुठिभरी पैसा लिएर व्यापारीको हातमा बेचिदियो व्यापारीले कारखानामा लगेर अर्को व्यापारीलाई बेच्यो ति सुन्दर सेता कपास हरुलाइ मेसिन भित्र राखियो जब मेसिन चल्यो कपास पेलिए कतै थिचिए लामो समयको संघर्ष धेरै बेरको दुखाइको सामना गरेर कपास घागोमा रुपान्तरण भए मेसिनबाट बाहिर निकालिए त्यहि धागोलाइ फेरी अर्को मेसिनमा राखियो अब त्यो धागो रुपी कपास राम्रो राम्रो कपडामा परिणत भए |

मेसिन बाहिर निस्किए यति बेला भने कपास खुसि थिए किनकि उनीहरु कपडाको माध्यमबाट व्यक्तिको लाज ढाक्न न्यानोपन दिन घामपानी बाट जोगाउन सकिने वस्त्रको रुपमा रुपान्तरण थिए | आफु दुख र पीडाको चपेटा बाट निस्केर अरुको काम लाग्ने उपयोगि बस्तु बन्न सकेकोमा कपास लाइ गौरव लागेको थियो | केहि बेरमै ति कपडा फेरी दर्जी कहाँ पुगे | दर्जीले काट्यो च्यात्यो टुक्रा टुक्रा पार्यो चरम दुखाइको सामना पुन गर्नु पर्यो तिनी सुन्दर कपासलाइ | टुक्रिए सिलाइये क्षणिक खुशी तुरुन्तै आसुँमा दुखाइमा मिसिन पुग्यो कपास लाइ नैराश्यता न छाएको त कहाँ थियो र ? दर्जीले सुन्दर सुन्दर पाइजामा बनाएर स साना बालकलाइ लगाइदियो ति बालक खुशीले गद्गद् भए बालकहरु फुर्केको देखेर फूलकपास ले आफ्नो सारा दुखाइ बिर्स्यो र बालकको खुसीमा आफ्नो खुसि मिसायो आफुलाई कपास हुनुमा गौरब गर्यो |

पाइजामा पुरानो भयो पुराना कपडा जम्मा गर्ने ठाउमा पुर्याइयो अर्को मिसिनमा राखिए फेरी पिसिएर पुराना कपडाले अब कागजको रुप लिएको थियो तिनै कागजमा दर्शनशास्त्र लेखिए ज्ञान मुलक पुस्तक हरु बने कुनै धार्मिक पुस्तक बनेर मन्दिरमा सजिए पुजिए अब फेरी अर्को मिसिनमा पेलिन दर्जीकोमा सिलाईन आबश्यक जहाँ राखिए त्यहाँ बाट कहिल्यै हट्नु परेन निकै खुशी भर कपास मन्दिरमा पुजिन पाउँदा |

तिनै दर्शनशास्त्र पढेर कैयौ दार्शनिक बने बिश्व भरि ज्ञानको सन्देस बाडे राजनीतिज्ञ बने मन्त्री र प्रधानमन्त्री बनेर संसारलाइ परिबर्तन गरि बिकाशका मूल फुटाले | अब तिनै पटकपटक थिचिएका मिचिएका पिसिएका टुक्रिएका कपासकाले बिगतका चोट पीडा संघर्ष सबै भुलेर आफु अमर बन्न सकेकोमा कपास हुनुमा गौरव गर्दै सुख र खुशीको अनुभूति गरे |

कल्पना पौडेल “जिज्ञासु”

खजुरा बाँके