छितिज पारी गीतकि गायिका टिका पुन र किरण बाबु पुनको आवाजमा ७ बर्ष पछि फेरी तीज गीत‘प्यारी बहिनी-२ चर्चामा

हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा लोकप्रिय संगीतकार तथा गायक किरण बाबु पुन र सुमधुर स्वरकी धनी लोकप्रिय गायिका टिका पुनको आवाजमा मौलीक तिज गीत ‘प्यारी बहिनी – २’ सार्वजनिक भएको छ ।

किरण बाबु पुनकै शब्द अनि सुमधुर संगीतमा सजिएको सो गीत शंकरा डिजिटल रेकडिङ स्टुडियोमा रेर्कड गरिएका हो । उक्त गीतको भिडियोलाई राजेश बिसीले छायांकन र भिडियो सम्पादन गरेका हुन ।

दाजु बहिनीको पवित्र सम्बन्धलाई गीतका हरेक शब्दले भावपुर्ण तरीकाले प्रस्तुत गरिएको भिडियोमा गायक गायिकाद्वय कै अभिनय रहेको छ । बाल्यकालमा बिताएका पलहरु याद गर्दै तिजमा माइतीको महत्व धेरै हुने चेलीलाई माईतिघर कहिल्यै नबिसर्न आग्रह गरेको भाव गीतमा पाउन सकिन्छ ।

तिज गीत प्यारी बहिनी लाई दर्शकश्रोताको अपार मायाँ पश्चात लामो समय पछि (भाग २) सार्वजनिक गरिएको हो । सो गीत किरण बाबु पुनको अफिसियल युटुब च्यानलबाट दर्शकश्रोता माझ आएको छ ।

भिडियो हेर्नुहोस्