गायिका सरद कुमारी श्रेष्ठको “तिज आयो बरी लै माइती” भिडियो सहित

काठमाण्डौं ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गर्दै गायिका सरद कुमारी श्रेष्ठको आवाजमा रहेको मौलिक तिज गीत “तिज आयो बरी लै माइती” गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपाली नारिहरुले भोगेको पिडा र मर्मलाई गीतमा समेटिएको छ । विभिन्न कारणबाट माइत जान नपाएकी चेलीको बेदनालाई गीतमा समेटिएको छ । सरद कुमारी श्रेष्ठको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । विषन मान्धरले गीतमा एरेन्ज गरेका छन ।

विजय कुमार भुर्तेलको छायाँकन तथा सम्पादन र राजेन्द्र विसीको कोरियोग्राफी तथा राजु श्रेष्ठको निर्देशन भिडियोमय रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा आरोही चौलागाईको नृत्य तथा अभिनय रहेको छ ।

“तिज आयो बरी लै माइती” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।