मिस नेपाल नर्थ अमेरिका २०२१ को लागि छनौटमा परेका अन्तिम १९ जना प्रतियोगीहरुको नामावली सार्वजनिक

विजय थापा ,डिसी । मिस नेपाल नर्थ अमेरिका ( उत्तर अमेरिका नेपाल सुन्दरी )२०२१ को लागि छनौटमा परेका अन्तिम १९ जना प्रतियोगीहरुको नामावली सार्वजनिक गरिएको छ ।

उक्त प्रतियोगिताको लागि करीव ३० जना भन्दा ज्यादाको निवेदन परेको थियो भने गामी अगस्त ७ ,२०२१ मा हुने अन्तिम प्रतियोगिताको लागि १९ जनालाई छनौट गरिएको आयोजकले जनाएका छन ।

आयोजक तथा संस्थापक सैलेश श्रेष्ठका अनुसार यस पटक उक्त कार्यक्रम टिबेटन कम्युनिटी सेन्टर (तिब्बती सामुदायिक केन्द्र)न्यू योर्कमा हुने भएको जनाएका छ । अन्तिम छनौटमा पुगेका प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरुबाट प्रतिस्प्रद्धामा सहभागिता जनाएका छन् ।

अन्तिम छनौटमा पुग्ने प्रतियोगीहरुमा क्रमस जर्जियाबाट एलिना राई,न्यूयोर्कबाट एलिशा गुरुङ,नेभादाबाट चादनी राई,न्यूयोर्कबाट दिना केसी,न्युयोर्कबाट फिओना शेर्पा,न्यूयोर्कबाट गरिमा ज्ञवाली,न्यूयोर्कबाट जेन्नी रावत,न्यूयोर्कबाट मुना नेपाली,मेरिल्याण्डबाट नग्मा गुरुङ,न्यूयोर्कबाट निमिका थापा,न्यूयोर्कबाट पूजा खड्का,पेन्सेलभेनियाबाट रोशिका गजमेर,कोलोराडोबाट सेलिषा नेपाल,टेक्ससबाट सोनी हुमागाई ,न्यूयोर्कबाट सिर्जना लामा,टेक्ससबाट सुबेक्षा निरौला,क्यानडाबाट सुप्रिया फुयाल,टेक्ससबाट उर्जा केसी तथा न्यूयोर्कबाट याङ्गछेन लामा रहेका छन् ।

यही समारोहको लागि पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ तथा मनिता देवकोटाले सहभागिता जनाउने छन । १९ जनालाई छनौट गर्ने जिम्मेवारी र प्रतियोगीहरुको अडिसन(परीक्षण) सन् २०११ की पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा सन् २०१० कि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठले गरेका हुन् ।

मिस नेपाल नर्थ अमेरिका २०२१ को लागि सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा ,सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)तथा सन् २०१८ कि नेपाल ब्रम्हाण्ड सुन्दरी मनिता देवकोटाले प्रशिक्षकको भूमिका निर्वाह गर्ने छिन् ।

उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको छ । ग्रान्ड फिनाले अर्थात् समापन समारोह अगस्त ७ का दिन न्यू योर्क शहरमा हुनेछ ।

सन २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका-२०१९ ( उत्तर अमेरिका नेपाल सुन्दरी -२०१९ )मा न्यूयोर्क की श्रेया गजुरेल बिजयी घोषित भएकी थिइन् ।
११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।

सन् २०१९ मा पूर्व नेपाल सुन्दरी द्वय शृंखला खतिवडा तथा सदीक्षा श्रेष्ठले सहभागिता जनाएका थिए । मनिता देवकोटाको यस बर्ष पहिलो पटक हुनेछ। मिस नेपाल नर्थ अमेरिकाको लागि चर्चित कार्यकम प्रस्तोता तथा २०१० की मिस नेपाल अर्थ (पृथ्वी )साहना बज्राचार्य कार्यक्रम प्रस्तोता हुने भएकी छिन ।

साहना बज्राचार्य एक नेपाली मोडल(नमुना ) संचार टिभी एङ्कर(दूरदर्शन प्रस्तोता )अभिनेत्री र संचार माध्यमकी चिर परिचित व्यक्तित्व हुन् । उनले मिस नेपाल अर्थ २०१० को ताजमा पहिरिएकी थिइन।