मेलिना राई र प्रताप दासको ‘गण्डकीको तीर’ मा पूजा पराजुली र बिजय थापा मेलबर्नमा [भिडियो सहित]

प्रेमकथामा आधारित चलचित्र ‘ड्रिम गर्ल’ लगायत केही चलचित्र र करीब एक दर्जन म्युजिक भिडियोमा भूमिका निर्बाह गरिसकेकी कोरियोग्राफर पूजा पराजुली बिजय थापासंगको प्रमुख भूमिकामा मेलिना राई र प्रताप दासको मेलबर्नमा छायांकन गरिएको ‘गण्डकीको तीर’ गीतको म्युजिक भिडियोमा देखा परेकी छिन् ।

उक्त म्युजिक भिडियो नेपालबाट गत शुक्रवार १८ असारका दिन नेपालबाट सार्वजनिक भएको हो ।

चर्चित गायिका मेलिना राई र नेपाल आइडल सिजन १ मा तेश्रो स्थान प्राप्त एबं लुम्बिनी-कपिलवस्तु विस्व अभियानका सांस्कृतिक दूत प्रताप दासको स्वर रहेको यो गीतको भिडियो अस्ट्रेलियाको मेलबर्नमा सुटिङ गरिएको हो र भिडियोको निर्देशन बिजय जंग थापाले गरेका हुन् ।

धिरेन्द्र यादबले भिडियो छायांकन गरेका यो भिडियोको संपादन प्रकाश धमलाले गरेका हुन् ।

रमेश परियारको लिरिक्स रहेको र संगीत ब्यबस्थापन कमल सौरग रहेको यो म्युजिक भिडियोमा बिमल अधिकारीको संगीत सुन्न सकिन्छ ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सलाहकार रामकुमार श्रेष्ठद्धारा म्युजिक भिडियो सार्वजनिक गरिएकोमा बधाई ज्ञापन एबं सफलताको शुभेच्छा ब्यक्त गरिएको र भावना म्युजिक सोलुशनको अधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको उक्त म्युजिक भिडियोको मिक्सरमा कुमार रानाको भूमिका रहेको छ भने स्पोन्सरमा गार्डेनभ्यू होमस रहेको छ ।