एनआरएनए अमेरिकाको १० औ साधारण सभामा सपथ ग्रहणमा विवाद,शान्त पार्न सुरक्षाकर्मी मंचमा

बुद्धि सुबेदीले लिए सपथ ग्रहण

विजय थापा । गैर आवासीय नेपाली नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको १० औ साधारण सभामा विवाद आए पछि सपथ ग्रहण केही समय स्थगित सम्म गर्नु परेको छ । तथापी नव निर्वाचित अध्यक्ष बुद्धि सुबेदीले सपथ ग्रहण लिएका छन् भने उनले पनि पदाधिकारी र अन्य राज्यका पदाधिकारीहरुलाई सपथ खुवाएका छन् ।

उनलाई प्रमुख निर्वाचन आयुक्तले सपथ ग्रहण गराएका थिए । र आज मिति जुलाई ३ देखि सुबेदी अमेरिकाको एनआरएनएका विधिवत अध्यक्ष भएका छन् ।

विवाद उत्पन्न भए पछि साधारण सदस्यहरु मंचमा बिरोध स्वरुप त्यहाँ पुगे पछि विवादलाई शान्त पार्न सुरक्षाकर्मी मंचमा बोलाईएको थियो । विवादको बिजारोपण भनेको अघिल्लो नेतृत्वमा रहेका हालका निवर्तमान अध्यक्ष सुनिल साहले नै बिधान संसोधनमा छलफल गर्नु पर्ने रहेकोमा सपथ ग्रहण कार्यक्रमलाई बिधान संसोधन अगाडी ल्याईए पछि विवाद र चर्काचर्की परेको थियो ।

१० औ साधारण सभामाका संयोजक बिआर लामाले समय अभाव हुने भन्दै निर्वाचन आयुक्तलाई मंचमा बोलाए पछि झगडा सुरु भएको थियो । अन्त्यमा पूर्व अध्यक्षहरुले त्यहाँ आई सुबेदीलाई सपथ ग्रहण गर्न लगाएका थिए ।

१० औं साधारणसभा सम्पन्न भएको छ। अमेरिकाको बिधान अनुसार पहिला साधारण सभा गर्ने र त्यस पछि सपथ ग्रहण गर्ने रहेता पनि अगाडी सारिएकोले केही समय विवादमा कार्यक्रम रोक्नु परेको थियो ।

केही समय पछि सुबेदीको अध्यक्षतामा बिधान संसोधन हुने कार्यक्रम छ । समय भन्दा डेढ घण्टा पछि साधारण सभा सुरु गरिएको थियो । बिअरलामाले निर्वाचन आयुक्तलाई सपथ ग्रहण गर्न बोलाएको बारेमा आफुलाई थाहा नभएको सार्वजनिक रुपमा बोलेका थिए ।

साधारण सभामा प्रमुख अतिथि डा युवराज खतिवडा( बिद्या वारिधि ) लगायत ,एनआरएन अन्तर्राष्ट्रियका पदाधिकारी र अन्य संघ\/संस्थाका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए ।