महामारीमा ३४ पिन्ट रगत संकलन युवराज रेग्मी

असार १९ , झापा /

झापाको गौरादह नगरपालिकामा कोरोना भाइरस कोभिड- १९ महामारीको सन्त्रास लाई लक्ष्यित गर्दै मानव उपचारमा अत्यावश्यक पर्ने ३४ पिन्ट रक्त संकलन गरिएको छ ।
नेकपा ( माओवादी केन्द्र) को ब्यबस्थापन र वाइसिएल नेपाल गौरादह नगर कमिटिको आयोजनामा गौरादह नगरपालिका वडा न १ अवस्थित मुख्य बजारमा रक्त सन्कलन कार्यक्रम संचालन गरिएको थियो ।
केही दिन देखि आएको अभिरल बर्सातका बाबजुद आयोजित उक्त कार्यक्रममा ३१ पुरुष र ३ महिला गरि ३४ जना रक्तदाता महानुभाब हरुबाट ३४ पिन्ट रक्तसंकलन गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र जिल्ला साखा भद्रपुर र रक्तसंचार सेवा केन्द्र दमकको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साह , नेकपा (माओबादी केन्द्र ) नगर अध्यक्ष माधब भट्टराई , पुस्प ढकाल , वाइसीएल नगर कमिटी इन्चार्ज धर्म चौहान लगायतको उपस्थिति रहेको थियो ।
महामारिको समयमा “रक्तदान जीवन दान “भन्ने रेडक्रसको सर्बब्यापी नारा सहित आयोजित उक्त कार्यक्रम बारे उपस्थित महानुभाब हरुले उल्लेख्य प्रसंसा गरेका थिए ।