नायक नाजिर हुसेनले १६ बर्षीय केटीलाई बिहे गर्छु भनेपछि (हेर्नुहोस)

काठमाडौँ : गायक युवराज मगरले नयाँ गीत सार्वजनिक गरेका छन् । उनी मेलिना राईको स्वरमा ‘शीतल शीतल’बोलको गीत मंगलबार सार्वजनिक गरिएको हो । गीतको रचना गायक प्रकाश सपूतले गरेका हुन् । युवराज मगरकै संगीत रहेको गीतलाई संजिव बराईली र केशव बडुले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा भने नायक नाजिर हुसेनले अभिनय गरेका छन् । उनको साथमा शुभेच्छा मगर भारतीको अभिनय भिडियोमा हेर्न सकिन्छ । राजिव समरको कोरियोग्राफीमा शान थापाले भिडियोको निर्देशन गरेका हुन् । अर्जुन तिवारीले भिडियोको छायाँकन गरेका हुन् ।

गीत गायक युवराजकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई नगद २० हजार रुपैयाँ पुरस्कारको समेत घोषणा गरिएको छ ।
एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक युवराजले झण्डै १ सय गीतमा स्वर दिएका छन् । ‘मयाली’, ‘सयौँ जुनी’, ‘चरी’, ‘गोरखपुरे रेलैमा’ लगायतका उनका गीतलाई स्रोता एवं दर्शकले रुचाएका छन् । सार्वजनिक ‘शीतल शीतल’ बोलको गीतलाई पनि स्रोता एवं दर्शकले रुचाउनेमा आशावादी रहेको गायक युवराजले बताए ।