सत्य घटनामा आधारित लघु चलचित्र “एडिक ” सार्वजनिक

काठमाण्डौं

समाजमा विकृतिको रुपमा रहेको लागुऔषधको कारणबाट उत्पन्न भएको विकृति र विसंगतिलाई आधार बनाएर निमार्ण भएको सत्य घटनामा आधारित लघु चलचित्र “एडिक ”बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ ।

शंकर अधिकारी घायलको लेखन र निर्देशनमा निर्माणमा बनेको लघु चलचित्रमा आँखा चिम्लेर कसैलाई बिश्वास र माया गर्दा जिन्दगी कसरी नारकिए बन्छ भन्ने सन्देश बोकेको निर्देशक शंकर अधिकारी घायलले बताए ।

सबिना केसि, करण साउद शिखा पौडेल ,पदम अधिकारीको अभिनयमा लघु चलचित्रलाई तयार गरिएको छ । दिवस गुरुङको छायांकन ,अन्जली थापाको सम्पादन कला राईको निर्माण र शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको छ ।

सत्य घटनामा आधारित लघु चलचित्र “एडिक ”को पुरा भिडियो ।