राजु परियारको जन्मदिन बिशेष खतरा दोहरी (हेर्नुहोस् भिडियो)

लोक दोहोरि क्षेत्रमा अहोरात्र खटिरहने अनि लोक क्षेत्रमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक राजु परियारको आज आसार १५ गते सोमबार शुभ जन्मदिन परेको छ। हरेक नेपालीको मन मस्तिस्कमा बसेका गायक राजु आज पनि उत्तिकै जोस र जागरका साथ सांगीतिक क्षेत्रमा अघि बडिरहेका छन्। प्रत्यक्ष दोहोरि गाउदा कसैले जित्न नसक्ने उनलाई लाखौ दर्शकको माया अनि साथ सदैब छ।उनलाई जन्मदिनको शुभकामना दिने को भिडको ओइरो छ। सांगीतिक क्षेत्रमा अझै अगाडि बडेको हेर्न पाउ। गायक राजु परियारलाई जन्मदिनको लाखौ लाख ‘शुभकामना’ !

एक समय नेपाली लोकदोहोरीमा राजु परियारको ठूलै साम्राज्य थियो । तर, नाटकीय रुपमा उनको करिअर चम्किदाचम्किदै एकाएक निभ्यो ।लोकपि्रयताको शिखरबाट उनलाई कसैले फेदीमा हुत्याएको होइन, आफैं चिप्लेका हुन् । लामो अन्तरालपछि फेरि आफूलाई ब्यूझाँउने प्रयत्न गर्दैछन् । फेरि उकालो उक्लिन खोज्दैछन् । के राजू फेरि त्यो शिखर चुम्न सक्लान् त ? राजुलाई आफ्नो जिन्दगी पहिले जुन लयमा थियो आज पनि त्यही लयमा हिँडेकोजस्तो लाग्छ । त्यसो भए यो बीचमा उनी कहाँ बरालिएका थिए ? उनी दावी गर्छन्, ‘बीचमा रेस्ट लिएको हो । उत्कृष्ट गीतको खोजीमा देश-विदेशमा दौडने क्रममा यसो हुन गएको हो ।’

लामो समयको अन्तरालमा उनले गाएको ‘दरौं सिरुबारी’ गीतले २०७२ मा सर्वोत्कृष्ट लोकगीतको अवार्ड पायो । यही गीतले उनको पुनरागमनको ढोका खोलेको छ । उनकै रचना/स्वर र जयकुमार परियारको संगीत रहेको यो गीतलाई युट्युबमा हेर्ने दर्शक बढिरहेका छन् । यही गीतबाट उनी फूलमा भमरा, मौरी फूलमाथि, मिर्मिरेको घाम, लमजुङ जाने दाइ जस्ता गीतकै राजु परियार हुन् भनेर प्रमाणित गर्न कस्सिएका छन् । उनको पुनरागमनले उनका आफन्त, शुभचिन्तक, लोक गीतप्रेमी हौंसिएका छन् । राजु पनि पुनः स्टुडियोदेखि स्टेजसम्म छाउने सुरसारमा छन् ।

उनको अनुपस्थितिमा धेरै गायक जन्मिए । केहीलाई राजु परियारको विकल्पका रुपमा हेरियो । यसबीचमा धेरैजना ठट्टैठट्टामा यो क्षेत्रमा आएको देखेका छन् उनले । ‘टेलिभिजनमा अनुहार देखाउनु मात्रै ठूलो कुरा होइन,’ उनी भन्छन्, ‘वर्षको एउटा बनाउनुपर्छ तर उत्कृष्ट बनाउनुपर्छ ।’

त्यसैले त झलकमान गन्धर्व, बिमाकुमारी दुरा, हरिदेवी कोइरालाका सदावहार गीतलाई ‘मिस’ गर्दारैछन् राजु ।राजुले अहिलेसम्म कति गीत रेकर्ड गराए होला ? उनले गाएका थुप्रै गीत आफैले बिर्सिसकेका छन् । कतिपयले राजुलाई मात्रै गाउन लगाएर आˆनो नाम अगाडि राख्दै एल्बम निकालेका छन् । कतिले त उनको स्वर राखेर नामै उल्लेख गरेका छैनन् ।

थप सामाग्री भिडियोमा हेर्नुहोस् :