जातिय भेदभाब गर्नेलाई कुमारको आयो ड,रलाग्दो चेतावनी, लातले हान्छु भन्दै यसरी जङ्गिए, सबै चकित भए(भिडियो सहित)

काठमाडौँ । तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटी विरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी थिइन। संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका– ११ बबरमहलकी सरस्वती प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी थिइन ।उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी , पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफल जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएकी हुन् । उनी साथीसँग कोठा खोज्न प्रधानको घरमा पुगेकी थिईन् । प्रधानको घरमा कोठा खाली थियो । कुराकानी पछि कोठा दिन मन्जुर भएको, कोठा दिइसकेपछि घरधनी प्रधानले कुन थरको भन्ने प्रश्न गरेको र जवाफमा सुनारले ‘ कामीकी छोरी’ भनेकी थिइन् । जवाफ सुन्ने बित्तिकै घरधनी प्रधानले अनकनाउँदै साँझ फोनमा जानकारी दिने बताइन्।यो कुरा लिएर बिबाद सुरु भएको थियो । सामाजीक अभियन्ता कुमार राइले कडाका साथ् जातिय भेदभाबको बारेमा आफ्नो भनाइ राखेका छन ।