अब दुखी गरीब टुहुरा अशक्तले सित्तैमा खाना खान पाउने छैनन किनकी सरकारले सेवा गर्ने हातलाई कारवाही गरेको छ भन्दै गर्जिए यि युवा (हेर्नुहोस भिडियो)

बीबीसीको ‘टप १०० प्रभाशाली महिला’को सूचीमा परेकी सपना रोका मगरसहित ‘हाम्रो टिम नेपाल’का अभियन्ताहरु पक्राउपछि रिहा भएका छन् । अनामनगरमा काठमाडौं महानगरपालिकासँग समन्वय नगरी टहरा बनाएको आरोपमा सोमबार पक्राउ परेका उनीहरुलाई रिहा गरिएको छ । काठमाडौं महानगरपालिकाले अभियन्ताले निषेधाज्ञामा मजदुरलाई खाना खुवाउन बनाएको टहरा पनि हटाइदिएको छ । यस विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्नका लागि टहरा भत्काइएको बताए ।

उनका अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा महानगरपालिका व्यवस्थापनको निर्णयअनुसार नै हटाइएको हो । झन्डै एक वर्षदेखि नै ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरूले त्यहाँ टहरा बनाएको प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले बताएका छन् । हरियाली पार्कमा बनाउन तयारी सबै पूरा भएको अवस्थामा पटक पटक त्यहाँबाट हट्न भनिए पनि नहटेको पनि उनको भनाइ छ । यही बिषय मा प्रखर वक्ता बिजय घिमिरे ले आफ्नो बिचार राखेका छन हेरौ उनको बिचार भिडियोमा