“धेरै पछि पाइयो तिम्रो दर्शन” हिट भएपछी गायक गायिका मिडियामा, यहि गीत ४-४ चोटी गाए, पहिलो अन्तरबार्तामै यति धेरै रमाइलो हेर्नुस

काठमाडौँ | जमुना सनमको ‘धेरै पछि पाइयो तिम्रो दर्शन/बाँचेर पो पाइँदो रहेछ दर्शन’ बोलको गीति भिडियो बजारमा आएको लगभग २ हप्ता भएको छ र यो अहिले भाइरलको रुप लिएको छ । सनम क्रियसन युट्युव च्यालनबाट बजारमा आएको गीतमा सनम र एचबिएन किस्मतको स्वर रहेको छ । राजु सुनामको शब्द संकलन रहेको गीतमा किस्मतको सङगीत रहेको छ । भिडियोमा मौसम हिमाली र विना विश्वकर्माले अभिनय गर्नुभएको छ । भिडियाको निर्देशन हिमाली आफैले गर्नु भएको छ ।

अहिले यो गीतका टुक्काहरुले सामाजिक संजाल टिकटकमा तहल्कानै पिटेको छ | धेरै पछि बल्ल आज मौसम सफा भा छ, यति राम्रो जोवन मेरो के काम तिमि बिना, मन पर्ने खान के खाम तिमि बिना लगायतका टुक्कामा त लाख भन्दा भिडियो बनेका छन् र सबै टोटलमा कुरा गर्दा लगभग ३ लाख भन्दा माथि भिडियो बनेका छन् यस गीतमा | यसै बीच हामीले पहिलोपटक यस गीतका गायक एच्बिएन किस्मत र गायिका जमुना सनम लाइ मिडियामा लिएर आएका छौ हेर्नुस –