मिस नेपाल नर्थ अमेरिकाको आवेदन समाप्तिसंगै धमाधम प्रतियोगीको पूर्व परीक्षण जारी ,साहना बज्राचार्य कार्यक्रम प्रस्तोता हुने

विजय थापा ,डिसी महानगर क्षेत्र । मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी )को लागि प्रतियोगीहरुको आवेदन अवधि समाप्ति संगै धमाधम प्रतियोगीको पूर्व परीक्षण(अडिसन )जारी राखिएको आयोजकले जनाएका छन् ।

मिस नेपाल नर्थ अमेरिकाका संस्थापक सभापति शैलेश श्रेष्ठका अनुसार अन्तिम नामावली पनि छिट्टै सार्वजनिक हुने बताएका छन । प्रतियोगीहरुले आवेदन दिने मिति पहिला जुन १५ गरिएता पनि पछि जुन २५ गरिएको थियो ।

श्रेष्ठका अनुसार अमेरिकाका विभिन्न राज्यहरुबात आएका करिब डेढ दर्जन प्रतियोगीहरुको अन्तिम नामावलीमा उनीहरुको संक्षिप्त जानकारी समेत आउने बताए । उक्त प्रतियोगिताको लागि करिव ३ दर्जन जति निवेदन परेको थियो ।

मिस नेपाल नर्थ अमेरिकाको लागि चर्चित कार्यकम प्रस्तोता तथा २०१० की मिस नेपाल अर्थ (पृथ्वी )साहना बज्राचार्य कार्यक्रम प्रस्तोता हुने भएकी छिन ।

को हुन् साहना बज्राचार्य :

साहना बज्राचार्य एक नेपाली मोडल(नमुना ) संचार टिभी एङ्कर(दूरदर्शन प्रस्तोता )अभिनेत्री र संचार माध्यमकि चिर परिचित व्यक्तित्व हुन् । उनले मिस नेपाल अर्थ २०१० को ताजमा पहिरिएकी थिइन।

साथै उनले मेगा मोडेल सिजन (ऋतु) २ की कार्यक्रम प्रस्तोता थिइन् । उनि नेपालबाट प्रकाशित हुने प्रसिद्ध टीएनएम म्यागजिन(पत्रिका)मा आउने उनि पहिलो महिला थिइन। उनी नमस्ते टिभी कार्यक्रमकी आतिथ्य लगायत धेरैमा उनले काम गरि सकेकी छिन ।

मिस नेपाल नर्थ अमेरिकाकी अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई नियुक्त गरेको छ । यसै गरि २०१० की मिस नेपाल वर्ल्ड सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को जिम्मेवार दिइएको छ ।

यसै गरि सन् २०१८ कि मिस नेपाल युनिभर्स ( पूर्व नेपाल ब्रम्हाण्ड सुन्दरी )मनिता देवकोटा प्रशिक्षक तथा प्रतियोगीलाई तालिमकर्ताको रुपमा सहयोग पुर्याउने छिन ।

कार्यक्रम आगामी अगस्त ७ ,शनिवार ,२०२१ को दिन आयोजना हुनेछ । गत बर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो । सन २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका-२०१९ ( उत्तर अमेरिका नेपाल सुन्दरी -२०१९ )मा न्यूयोर्क की श्रेया गजुरेल बिजयी घोषित भएकी थिइन् ।

११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।

सन् २०१९ मा पूर्व नेपाल सुन्दरी द्वय शृंखला खतिवडा तथा सदीक्षा श्रेष्ठले सहभागिता जनाएका थिए ।