इन्जिनियर छोरा म्यासेज लेखेर बेपता भए,हिड्ने बेलामा यस्तो भनेर हिडेका थिए,बुबा आमा रु,दै मिडियामा आए (भिडियो सहित)

झापा । झापाको बुधबारेमा बस्ने भिस्म प्रसाद नेपाल र गीता देबी नेपालका छोरा प्रेम नेपाल बिगत ५ बर्ष देखि बेपता भएका छन् । काठमाडौँमा बसेर आइटी इन्जिनियर अध्यनरत युवा प्रेम नेपाल बिगत ५ बर्ष पहिले बाट म्यासेज लेखेर हराएका हुन् । उनले म केहि बर्षमा फर्कन्छु भनेर सम्पर्क बिहिन भएपछी अहिले ५ बर्ष बितिसक्दा पनि आएनन । आफ्नो दिदि र भिनाजु संगै बसेर अध्यन गरिरहेका प्रेम नेपालले म आफ्नो मिसनमा हिनेको हु , मिसन सफल भयो भने धेरै राम्रो हुन्छ र मलाई खोज्न मेरो साथीहरुलाई प्रेसर नगर्नु भनेर म्यासेज लेखेका थिए ।

छोराको पर्खाइमा बुबा आमाले ५ बर्ष सम्म बाटो हेरिरहे तर छोरा अहिले सम्म नआएपछि रुदै मिडियामा आएर खोजिदिन आग्रह गर्नुभएको छ ।छोरालाइ केहि कुराको कमि थिएन किन यसरी हिड्यो हामि अचम्मित परेका छौ । घरको एउटा छोरा हराएपछि बुबा आमाले आफुलाई सम्हाल्न गारो अवस्था भएको बताए । एउटा छोरा र एउटी छोरी भएका दम्पतिले यो घटनाको सबै कहानी तल भिडियोमा बताएका छन् र प्रेम नेपाल लाइ खोजिदिन सबै संग सहयोग मागेका छन् । तल भिडियो हेरी धेरै भन्दा धेरै सेयर गरेर प्रेम नेपाललाइ खोज्न सबैले मद्दत गर्दिनुहोला ।