एकै व्यक्तिले कोरोनाको कोभिसिल्ड र भेरोसिल्ड खोप लगाउन हुन्छ ? लगाएमा हेर्नुहा्स् के हुन्छ ? (भिडियो)

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले कोभिड १९ बिरुद्धको खोपको दोस्रो चरण छिटै आउने बताएका छन् । उनले भोरोसिल्ड खोपको पहिलो चरण लगाएकाहरुको लागी दोस्रोचरणको खोप नेपाल सरकारले छिटै उपलब्ध गराउने बताएका हुन् । केहि हप्ता अगाडी कास्की जिल्लका ६२ देखी ६४ बर्ष उमेर समुहका नागरिकहरुका लागी भेरोसिल्ड खोप लगाईएको थियो । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख आचार्यका अनुसार कास्की जिल्ला भरी करिब १७ हजार जनाले भेरोसिल्ड खोप लगाएको बताउनुभयो । नेपालमा सुरुवातमा कोभिसिल्ड लगाईएको थियो भने पछि भेरोसिल्ड खोप नागरिकका लागी प्रदान गरिएको हो । कोभिसिल्ड लगाएकाहरुले भेरोसिल्ड लगाउन हुन्छ की हुँदैन भन्ने प्रश्नमा आचार्य भन्छन्–यसको कुनै परिक्षण नभएकाले त्यसो नगर्न सुझाब दिन्छन् । अचार्यका अनुसार जिल्ला जनस्वास्य कार्यालय कास्कीले नागरिकको स्वास्थ्यमा ध्यान राख्दै जनस्तर सम्म स्वास्थ्य सेवा प्रदान होस् भन्ने गतिमा काम गरिरहेको बताए । बर्षातको समयमा हुने सामान्य रोग तथा माहामारी देखी लिएर कोरोना भाईरस रोकथामको लागी आफू र आफ्नो माताहातका कार्यालयहरु सक्रिय रहेको समेत उनले जानकारी दिएका छन् ।