सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी क्रिस्टियानो रोनाल्डोले गरे

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को रेकर्ड बनाएका छन्।

बिहीबार विहान युरो २०२० अन्तर्गत फ्रान्सविरुद्ध दुई गोल गरेका रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका हुन्। रोनाल्डोले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी बराबरी गरेका हुन्। अलीले सन् १९९३ देखि २००६ सम्म इरानबाट खेल्दा १०९ अन्तर्राष्ट्रिय गोल गरेका थिए।

३६ वर्षीय रोनाल्डोले बिहीबार फ्रान्सविरुद्ध दुई गोल गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १०९ पुर्‍याए। जारी युरो कपमा रोनाल्डोले पाँच गोल गरिसकेका छन्।

उनले यहि संस्करणमा युरो कपका सर्वाधिक गोलकार्तको रेकर्ड बनाएका थिए। रोनाल्डोले पाँच संस्करणको युरो कपमा १४ गोल गरिसकेका छन्। उनी पाँच संस्करणको युरो कपमा गोल गर्ने र खेल्ने एक्ला खेलाडी हुन्।

क्लब फुटबलमा पनि सर्वाधिक गोल गर्ने रेकर्ड बनाएका रोनाल्डो युरो र विश्वकप गरी समग्रमा २० गोल पूरा गर्न पहिलो खेलाडी पनि गरे।