विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक !

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
माइकल चन्दले निर्देशन गर्नुभएको गीतको भिडियोमा नायिका अनु शाह र डा. उपाध्यायलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको छ ।

‘गीत जति उत्कृष्ट भिडियो पनि त्यतिकै राम्रो दर्शकमा पस्किने कोशिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा अत्यधिक माया गर्ने श्रीमति गुमाउँदाको पिडालाई निक्कै मिर्मिक ढंगले प्रस्तुत गरिएको छ ।

नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २४ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीतलगायत बिभिन्न परिवेशका गीत छन् । उहाँका ११ उपन्यास र तीन गीतिपुस्तक पनि प्रकाशित छन् ।