ज्वाला सङ्ग्रौला थुनामा राख्नु कति उचित ? भिडियो सहित

प्रहरी हिरासतमा रहेका आफूलाई सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा सहित तीन जनालाई थप पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ। अनुसन्धानको लागि पाँच दिन थप थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले शुक्रबार अनुमति दिएको हो । यसै विषय बस्तुलाइ लिएर भारत देखि पत्रकार पौडेलले ज्वाला संग्रौला केसमा राजीनीति भएको दावी गरेका छन्।

भारत नेपाल सम्बन्ध, नेपालको पक्ष साथै विभिन्न मुद्दाहरुमा आफ्नो युटुब च्यानल मार्फत स्वतन्त्र निस्पक्ष अवाज बुलन्द गर्दै हिन्दि भाषामा भारतमा रहेका नेपाली समाजलाइ जानकारी दिदै आएका छन्। उनले ज्वाला सङ्ग्रौला मामलामा प्रहरी पक्षको एक तर्फा कारवाई सहित धेरै लूप पोइन्टमा ध्यान आकर्षण गराएका छन्। ट्राफिक प्रहरीले एक्लै ज्वाला सहित उनको समुहलाइ चौकीमा कानुनको पाठ सिकाएका छन् तर अर्को तर्फ खुश्बु घिमिरे ले आरोप लगाए अनुसार उनलाई ज्वाला समूहले पुलिस चौकीमा वरिष्ट अधिकारी सहित सिंगो प्रहरी समुहको बीचमा निवस्त्र गरेको आरोप लागएकी छन्। यसै शब्दलाइ उनले हाइलाइट गर्दै घटनामा मुक-दर्शक रहेका सम्पूर्ण पुलिस प्रशासनलाइ कारवाईको दयारा भित्र ल्याउनु पर्छ माग उठाएका छन् ।

ज्वाला सङ्ग्रौलाको पक्षमा बोल्दै उनले भन्छन ज्वाला गरिब पिडित र देशलाइ लुट्ने तन्त्रको अवाज हो साथै उनि महिला अभियन्ता हुनका साथ् बिगतका दिनहरुमा आपत विपतको समयमा देश र देशका जनताका लागि सहयोग गर्दै आएकी युवतीलाइ आरोपको भरमा अनुसन्धानको नामले यति दिन सम्म थुनामा राख्नु उचित नरहेको जानकारी दिएका छन्।

खुश्भुको पक्षमा आफ्नो पक्ष राख्दै पौडेल भन्छन, अभद्र व्यवहार युवा संघमा आवद्ध संग्रौलाकी पहिलेकै साथी खुश्बु नविता घिमिरे लाई कुटपिट गरेको जाहेरीका आधारमा उनको समूहलाई प्रहरीले पक्राउ गरेको हो। र आरोप ठहर भए उनलाई सजाय दिनु पर्छ। खुश्भु घिमिरे महिला हुन् उनलाई प्रहरी चौकीमा यस किसीको असभ्य बर्ताव गर्ने एक एक व्यक्तिलाइ कडा भन्दा कडा सजाय दिनु पर्छ तर कानुनको दोषी ति पुलिस कर्मीपनि हुनुपर्छ जब यो घटना उनकै प्रहरी चौकीमा हुदा मुकदर्शक भएर रमिता हेरे। देशकि महिला पुलिक चौकीमा सुरक्षित नहुनु यो पुलिस सिस्टमका लागि घम्भिर विषय हो

देशको कानुन र राजनीति विषयमा बोल्दै पौडेल भन्छन, भूपू सुचना मन्त्रि ७० करोड काण्डको औडियो बाहिरियो तर के भयो ?, कृष्ण बहादुर महरालाइ बलात्कारको आरोप लागेको के भयो ? बादल परिवार सदस्यको निर्मल पन्त बलात्कारमा नाम मुछिएको के भयो ? बिष्णु पौडेलको नाम बालुवाटार जग्गा काण्डमा मुछियो के भयो ? वाईड बोडी काण्ड बारे सबै जनता जानकार नै छन। यसरि गरि नेपाली कांग्रेसका जल्दा बल्दा युवा नेताको नाम पीएसीटिमा आएको थियो तर सबै स्वतन्त्र छन् र कोइ नेता अहिले सत्तामा प्रमुख स्थान राख्छन यो नेपाल र नेपालको कानुन सर्वसाधारण जनताका लागि छुटै र सत्तामा रहेका तथा राजनीति व्यक्तिका लागि छुटका साथै विशेष रहेको व्याख्या गर्छ। जुन संबिधान विरुद्ध हो।

पौडेल भन्छन, ज्वाला समाजमा चिनिएको नाम हो र उनले कुनै देश विरोधी काम गरेकी छैनन्, न त् कुनै देश बेच्ने सन्धि। यो
अनादर (disrespect) को विषय साथै उन्ही केहि वर्ष देखि समाज सेवामा अग्रिम पक्तिमा रहेकी महिला हुन् यस कारण जब सम्म आरोप प्रमाण सहित साबित हुदैन तब सम्म उनलाई पुलिसको नजर बन्दमा राख्नु पर्छ र स्वतन्त्र गर्नु पर्छ भन्दै आफ्नो अवाज बुलन्द गरेका छन् |