पल र प्रकृति ८ वर्षपछि ‘को होला त्यो ‘ को फिमेल भर्सन मार्फत एउटै पर्दामा

काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको को होला त्यो बोलको गीतको फिमेल भर्सनको भिडियो रिलिज गरिएको छ । जसमा पछिल्लो पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ ।

सार्वजनिक गीतमा गायक गिरीको शब्द र संगीत रहेको छ भने एरेन्ज गोपाल रसाइलीको रहेको छ । निषेधाज्ञा अगाडी कालिन्चोक, चरिकोट मुडे, लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा लोकप्रिय नायक तथा मोडल पल शाह र नायिका तथा मोडल प्रकृति श्रेष्ठकै अभिनय देख्न सकिन्छ ।

गायक गिरीले ८ वर्ष अगाडी पल र प्रकृतिलाई नै लिएर को होला त्यो बोलको गीत बजारमा ल्याएका थिए । जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा ठूलो चर्चा कमाएको थियो । ८ वर्ष पछि सोही टिम दोहोरीएको भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गायक गिरीले गरेका छन् ।

अनिल कृष्ण मानन्धरको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिगं मनोज कार्कीले गरेका हुन् । गायक गिरीकै अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याइएको भिडियोलाई कृपा सनफ्लावर तेलले प्रायोजन गरेको हो । सार्वजनिक गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार नगर उपलब्ध गराइने गायक गिरीले जानकारी दिए । टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा पुरस्कृत गरिने निर्माण यूनिटले जनाएको छ ।