गैँडाकोटमा बिहेकै दिन गरगहना लिएर बेहुली फरार (भिडियो सहित)

पूर्वि नवलपरासीको गैँडाकोटमा बिहेकै दिन बेहुली हराएपछि केटापक्ष तनावमा परेका छन् । गोरखा घर बताउने गैँडाकोट वडा नं. ४ बस्दै आएकी २८ वर्षिया सलिना खनाल बिहेकै दिन बेहुलाको गहना सहित फरार भएकि हुन् ।गैँडाकोट नगरपालिका वडा नं. ८ लखनचोकका ४२ वर्षका ईश्वरी प्रसाद अर्यालसँग तिनदिन अघिका लागि (शनिवार) उनको विवाह गर्ने मिति तय भएको थियो ।

शनिवार गोरखा पुगेर मन्दिरबाट विवाह गर्ने योजना भएपनि केटि गहना सहित बेपत्ता भएपछि ईश्वरीप्रसाद तनावमा परेका छन् । शनिवार विहान पार्लर गएर आउछु भनेकि उनि हालसम्म सम्र्पकमा नआएको अर्यालले उज्यालो खबरलाई बताए ।

पार्लर जाने बेलामा नै बेहुली सलिनाले सुनका गरहगना लगेकि थिइन् । ईन्डीयन मंगलसुत्र, तीलहरी, झुम्का र औठी लगेको उनले बताए । केहिसमय अघि विदेशबाट फर्केका उनको सलिनासँग विदेशमा रहेकै बखत छिमेकि भाउजु मार्फत चिनजान भएको थियो । गरगहना सहित बेहुली फरार भएपछि ईश्वरीप्रसादले प्रहरीमा उजुरी दिएका छन् ।