पोखराकी बिष्णुको रहस्यमय मृत्यु्, दाईजो कम भएको भन्दै परिवारले टचर दिएको माईतीको आरोप (भिडियो)

घटना रुपन्देही जिल्लाको हो । पोखराकी बिष्णु क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग बिबाह भयो । एक बर्षको प्रेमलाई उनीहरुले बिबाहमा रुपान्तरण गरेका थिए । लकडाउनको कारण बिबाह रुपन्देहीमै भयो । पोखराबाट केटीका आफन्तहरुमात्र गए । सामान्य परिवारमा जन्मीएकी बिष्णुको बिबाहमा परिवारले १२ लाख भन्दा बढी खर्च गर्यो । धेरै रकम सुनमा खर्च भएको बिष्णुकी आमा बताउँछिन् । बिबाहपछि पनि केटापक्षले अझै सुन नपुगेको गुनासो गरे । बिष्णुले रुदै आमासंग भनिन् तर बिहे गरेको २७ दिनमा गत जेठ १४ गते बिष्णुले झुण्डिएर आत्महत्या गरिन् । बहिनीलाई पेट दुख्यो तपाईहरु आउनु पर्यो भनेर माईतिपक्षलाई भनियो तर पछि जाँदा बहिनी भुईमा लडिरहेकी थिईन् बिष्णुका दाजुले भने । परिवारले दिएको तनावका कारण बहिनीले आत्महत्या गरेको माईतीपक्षको आरोप छ । हेर्नुहोस् स्थलगत रिपोर्ट ।