१८ बर्षकि युवतीको रहस्यमय मृत्यु भएपछी बोले दमकका मेयर, भाबुक हुँदै प्रशासनलाइ मेयरले गरे यस्तो आग्रह (भिडियो सहित)

झापाको दमक दमक ५ स्थित एउटा घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी सेजला कोइरालाको बुधबार रहस्यमय मृत्यु भएको छ । इलाम घर भएकी ति युवतीको बुधबार साँझ मृत्यु भएको हो । के कारणले मृत्यु भयो , यसको कारणबारे अनुसन्धान शुरु भइसकेको प्रहरीले जनाएको छ ।सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए तर त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र लाइफलाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ रहेको प्रनाउ कार्कीले जानकारी दिए ।

घटनालगत्तै पीडितका अभिभावक राति ११ः०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् । मृतक युवतीको बारेमा चिन्ता ब्यक्त गर्दै दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले घटनाको अनुसन्धान निस्पक्ष तरिकाले गर्न आग्रह गर्नुभएको छ ।