भाइरल भयो दोहोरी च्याम्पियनबाट आउट भएकी तारा थापा र प्रेम सापकोटा सोनुले गाएको टोपी सिरै

काठमाडौं । गीतसंगीतको अत्यन्तै उर्वर भुमी मानिने धौलागिरी अंचल बाग्लुङ जिल्ला को दमेक गाबिस ६ मा बुवा शालिकराम सापकोटा र आमा मनरुपा सापकोटाको कोखबाट ६/२९ मा जन्मिएका बहुप्रतिभा का धनी लोकप्रिय गायक तथा सर्जक हुन प्रेम सापकोटा “सोनु” ।

हालसम्म २ दर्जन बढी गीतहरू मा आफ्नो आवाज दिएका प्रेम गायन को अलावा सिर्जना मा पनि उत्तिकै अब्बल देखिन्छन् भने केही गीतहरू मा उनी आफै अभिनय र निर्देशन समेत गरेका छन् । मायाको घैला,यस्तै छ बाबा,दुनियाँ को नजरमा,आइफोन को रुख,जापानी रेल,मरे बराबर ,परदेशी दिदी,सुन्तला कुहिए गाउमा ,बच्चाको साथी, जोगी,के छ साली बिचार,लगायत उनको स्वर र सिर्जनामा सांगीतिक बजारमा आएका थुप्रै गीतहरू ले राम्रो चर्चा संगै सफलता पाएका छन् ।

अहिले पुन उनै गायक प्रेम सापकोटा को नयाँ गीत “टोपी सिरैको बजारमा आएको छ,यो गीतमा उनलाई स्वरमा साथ तारा थापाले दिएकी छिन् भने लय/शब्द प्रेम सापकोटाकै रहेको छ ।गीतको भिडियोमा प्रेम सापकोटा आफै देखिएका छन् भने उनी सँगै कविता क्षेत्रीको अभिनय देख्न सकिन्छ। हेरौ उक्त गीतको पूरा music भिडियो/