भारतीय चलचित्र जगतले पनि सहयोग गर्नु पर्छ भन्दै पत्रकार पौडेल (भिडियो सहित)

भर्खरै मोडल निशा घिमिरेको वर्तमान अवस्था र उनको स्वास्थ्यलाइ लिएर सामाजिक सञ्जालमा दर्दनाक तस्विरहरु चर्चामा छन्। उनको तस्विरहरु पहिला र अहिले भदै भाईरल भएका छन्। उनको दर्दनाक अवस्था सामाजिक संजालमा सार्वजनिक हुन साथ् उनलाई सहयोग गर्नको निम्ति ओइरो लागेको छ। तर, पिडितको र यस परिवारको अवस्था हेर्दा जति सहयोग गरे पनि थोरै छ। उनको अवस्थाको भारतीय भाषा हिन्दिमा नेपाली पत्रकार पौडेलले भिडियो सार्वजनिक गरेका छन्। भारतीय चलचित्र जगतले (बलिबुड) पनि सहयोग गर्नु पर्छ भन्दै उनको विगतको समय भारतीय चलचित्र संग सम्बन्ध भएको जानकारी आफ्नो भिडियोमा दिएका छन्।

डिप्लोमा अध्ययनका लागि भारत पुगेकी निशा सवारी दुर्घटनामा परेकी हुन् । जसको कारण उनको ब्रेन ह्यामरेज भयो । दुर्घटनामा परेपछि लामो समय भारतमै उपचार भयो । तर, अस्पतालको खर्च धान्न नसकेपछि परिवारले उनलाई नेपाल ल्याएको थियो । भारतको राजधानी दिल्ली स्थित नेपाली दुतावासमा खर्चको व्यवस्था गर्न माग गरेपनि कतैबाट सहयोग नपाएको परिवारको भनाई छ ।

कुनै बेला मिडियाहरुमा लाइम लाइट र लाखौ संख्यामा फेन फोलोविंग भएकी मोडल नीशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने दर्दनाक रहेको छ । शरीरमा छाला र हड्डीको ढांचा मात्रै देखिने, हेर्दा १०० वर्ष उमेर साथै डरलाग्दो अनुहार भएको निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र चाहिएको उपचारको नपाउदा सुकेर २० केजीमा सीमित भएकी छिन्।

पत्रकार पौडेलले भन्छन उन्ही भारतमा अभिनयको उच्च शिक्षाका लागि आएकी हुन् र उनको सपना भनेकै भारतीय चलचित्र जगतमा नाम कमाउनु थियो। उन्हीले भारतीय चलचित्रमा कुनै काम नगरेपनि उन्ही भारतमा हिन्दि भाषामा अभिनय क्षेत्रमा डिप्लोमा कोर्स गर्न आएकी र उनको दुर्घटना भारतमा हुनु यस कारण उनले पनि भारतीय कलाकार सरहा आर्थिक सहयोग पाउनु पर्छ भनेका छन्। नेपालमा नर्भिक अस्पताल बाट निशालाइ उद्धार गरि उनको सम्पूर्ण उपचारको जिम्मा अस्पतालले लिएको छ तर उनको ब्लाड साथै आन्तरिक अंगको अवस्था सामान्य हुदा अस्पतालले डिस्चार्ज गर्दिन। किनकि ब्रेन हेम्रेजको उपचार अति खर्चिलो र निको हुने संभवाना अति कम रहेको हुन्छ। यस कारण मेडिकल उपचारको कुनै सिमा छैन र केहि समय पछि उनको हेरचार गरकै परिवार ले गर्नु पर्छ। न आफ्नो घर छ न आर्थिक सम्पन्न यस कारण यस परिवारलाई उपचार सहित आर्थिक सहयोगको पनि खाँचो देखिएको छ।

पौडेलले, भारतमा बसोवास गर्ने प्रभावशालि व्यक्तित्वहरु संग यस विषयको जानकारी मुम्बईको बलिबुडमा गरिदिन हार्दिक अनुरोध गरेका छन्। कलिवुड बलिबुड र हलिबुड छुट छुटै देशको फिल्मी क्षेत्र भएतापनि सबैको उद्श्य दर्शकको मनोरंजन गर्नु हो। समस्या पर्दा एक अपासमा सहयोग पनि गर्नु पर्छ भन्ने जानकारी दिएका छन्।

उनको हिन्दि भाषामा दिएको जानकारी हेर्नको निम्ति तल दिएको लिंकमा क्लिक गर्नु होला