नायिका निशा घिमिरेलाई कृष्ण कंडेलले गरे यति धेरै आर्थिक सहयोग (भिडियोसहित)

काठमाडौं, जेठ ३०। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नायिका तथा मोडल निशा घिमिरेलाई कृष्ण कंडेलले आर्थिक सहयोग गर्नु भएको छ । इन्द्रेणीका संचालक कृष्ण कंडेलले घिमिरेलाई ६० हजार रुपैयाँ सहयोग गरेका छन् । यो भन्दा अगाढी पनि कंडेलले आर्थीक सहयोग गर्नु भएको थियो । सहयोग रकम निशाका बुबालाई हस्तान्तरण गरिएको छ । तीन वर्ष अगाडी अभिनय कोर्ष पढ्न भारत पुगेकी निशा देहरादुनमा दु’र्घटनामा परेकी थिइन् । दु’र्घटनापछि केही समय उनको भारतमै उपचार भएको थियो ।

तर, कमजोर आर्थिक अवस्थाका कारण परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाल फर्किएपछि पनि केही महिना अस्पतालमा उनको उपचार भएको थियो । तर, आर्थिक अवस्थाकै कारण उपचार गर्न गाह्रो भएपछि उनी घरमै थिइन् । घरमा उनको स्वास्थ्य अवस्था झनझन बिग्रिदै गएको थियो ।घरमा अर्धचेत अवस्थामा रहेकी निशाको तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि धेरैले सहयोगका लागि चासो देखाएका थिए ।

गत बिहीबारदेखि भने निशाको नर्भिक अस्पतालमा उपचार भईरहेको छ । नवजिवन परोपकार संस्था र नर्भिक अस्पतालकी मेघा चौधरीको पहलमा निशाको निःशुल्क उपचार शुरु भएको हो ।निशाले तीज दर्जन बढी म्युजिक भिडियो, एक भोजपुरी चलचित्र तथा केही टेलिसिरियलमा काम गरेकी थिइन् ।निशालाई सहयोग गर्न उनका बाबु राजु घिमिरेलाई ९८५१२३८९५२ मा सम्पर्क गर्न सकिन्छ । भिडियो हेर्नुहोस् :